नेपाली क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक पटवाललाई टमाटाकाे स्वागत !
काठमाण्डाै – नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले नविनयुक्त प्रशिक्षक उमेश पटवाललाई स्वागत गरेका छन् । एक वर्षका लागि विदेशी प्रशिक्षकको रुपमा आईसीसीले पटवाललाई नेपाल पठाएपछि यसअघि टिम सम्हाल्दै आएका प्रशिक्षक टमाटा स्वागत कार्यक्रममा देखिएका थिएनन् ।
तर उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय मूलका प्रशिक्षक पटवाललाई स्वागत गर्दै नेपाली क्रिकेटको विकासमा सधैँ साथ रहने प्रष्ट पारेका छन् । टमाटाले आफूले नेपाली टिम सम्हाल्दा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
शुक्रबार काठमाण्डौमा भएको कार्यक्रममा नेपाली टिमका कप्तान पारस खड्का र टिम म्यानेजर रमन शिवाकोटीले पटवाललाई स्वागत गरेका थिए । त्यस अवसरमा खेलाडीहरुले नै नेपालले एक दिवसीय मान्यता पाएपछि विदेशी प्रशिक्षक चाहियो भनेर आईसीसीलाई भनेकाले त्यसैअनुसार नेपाल बुझेका पटवाललाई पठाएको हुन सक्ने कप्तान खड्काले बताएका थिए
यसअघि प्रशिक्षकाे जिम्मेवारी सम्हाल्दै आएका टमाटाको भूमिका के हुने भन्दै पत्रकारले राखेको जिज्ञाषामा कप्तान खड्काले हामी व्यक्तिमा केन्द्रित हुनुभन्दा पनि क्रिकेटको भलाईका बारेमा सोच्नु पर्ने जवाफ दिएका थिए ।
June 1, 2019 10:42 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन