

मार्क जुकर्बर्ग फेसबुकको अध्यक्ष र कार्यकारी अधिकृत,अध्यक्षबाट हटाउने प्रयास विफल

विराटनगर । विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकको अध्यक्षमा पून मार्क जुकर्बर्ग चयन भएका छन् । फेसबुकबाट प्रयोगकर्ताको डाटा चोरी भएपछि आलोचना समेत खेपेका कार्यकारी अधिकृत मार्क पून अध्यक्षमा निर्वाचित भएका हुन् । फेसबुकको वार्षिक साधारण सभामा जकर्बर्गलाई फेसबुकको अध्यक्षबाट हटाउन असफल प्रयास भएकाे थियाे ।
उनलाई राख्ने नराख्ने विषयमा मतदान भएको थियो । सो मतदानमा उनी पुन अध्यक्षमा निर्वाचित भए । समचार संस्था बिबिसिले जनाए अनुसार फेसबुकमा जकर्बर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै उनी हार्ने थिए।
उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने केही लगानीकर्ताले अध्यक्ष पद छाड्दा जकर्बर्गले कम्पनी सञ्चालनमा अझ ध्यान पुर्यानउन सक्ने बताउदै आएका छन् ।
जकर्बर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो। संसारको एउटा विशाल कम्पनीमा अहिले उनले ृजकर्बर्गे दुईवटा महत्त्वपूर्ण पद ओगटेका छन्। यदि उनले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ,ू ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले बीबीसीलाई मतदानअघि भनेका थिए।
ल्यारी पेज र एल्फबेट तथा बिल गेट्स र माइक्रोसफ्टको दृष्टान्त दिँदै उनले संस्थापक नै सञ्चालक समितिको अध्यक्ष बनिरहन पर्दैन भन्ने उदाहरण भएको तर्क गरेका थिए। एक वर्षभन्दा लामो समयदेखिको गोपनीयता र सूचना सुरक्षासम्बन्धी प्रकरणहरूका बीचमा पनि फेसबुकले अपेक्षाभन्दा राम्रो कमाइ गरेको छ र अझ धेरै मानिसहरूका माझ पुगेको छ।
साधारण सभामा स्वतन्त्र अध्यक्ष नियुक्त गर्ने सम्बन्धी प्रश्नको जवाफ दिन जकर्बर्गले चाहेनन् । उनले फेसबुकलाई निर्देशित गर्न गोपनीयता र सूचनाका विषयमा नियामक संस्थाहरूले नियम बनाउनुपर्ने धारणा दोहोर्यारए ।साधारणसभा स्थलको बाहिर सानो समूहले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई संरक्षण नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन्। अर्को समूहले भने फेसबुकले सेन्सर गरेको भन्दै प्रदर्शन गरेका छन्। बिबिसिको सहयोगमा
June 2, 2019 10:43 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

