काँचो, अमिलो आँप खान मिठो मात्रै हैन यस्ता सम्मका फाईदा पनि छन्
गर्मी महिनामा आँप खान सबैलाई मन पर्छ । आँपलाई फलको राजा पनि भन्ने गरिन्छ । पाकेको आँप खानुका फाईदा त हामी सबैलाई थाहा हुन सक्छ तर काँचो अमिलो आँप खानुका फाइदा कमैलाई थाहा हुन सक्छ ।
पाकेको आँपसँगै हल्का अमिलो काचोँ आँप खान पनि निकै मिठो हुन्छ । काँचो आँप नुनसँग खान अझ बढी मिठो हुन्छ । काँचो आप खान मिठो मात्रै हैन शरिरमा पनि निकै फाईदा गर्छ । काँचो आँपमा विटामिन- ए,सी र ई बाहेक क्याल्शियम, फस्फोरस र फाइबर हुन्छ जसले शरीरमा पोषक तत्वको कमी हुन दिँदैन ।
काँचो आँप खानुका फाइदा :
१. काँचो आँप खादाँ पेट सम्बन्धि समस्या निको हुन्छ ।
२. काँचो आँपले शरीरको रोग प्रतिरोधक क्षमता ठीक बनाई राख्न मद्वत गर्दछ ।
३. काँचो आँपमा विटामिन-सी हुन्छ जसले रक्त कोशिकालाई लचीलो बनाउछ र शरिरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।
४. गर्मी महिनामा भोक नलाग्ने, अपच हुने समस्या हुन्छ यस्तो समयमा काँचो आपको अचार बनाएर खाना खाएमा फाईदा गर्छ ।
५. काँचो आँपमा फाइबर भरपूर मात्रामा हुन्छ जसले शरिरमा शरीर जमेर बसेको चिल्लोलाई घटाई तौल कम गर्न मद्वत गर्छ ।
June 4, 2019 10:38 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय