उपत्यकाको चौडा सडकमा तीव्र गतिमा गाडी गुडाउन नपाइने
काठमाण्डौ – बढ्दो दुर्घटना न्यूनीकरण गर्न काठमाण्डौ उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ।कोटेश्वर–कलंकी सडकखण्ड निर्माणका क्रममा सुरक्षाको मामिलामा गम्भीर लापरवाही भएको पुष्टि भएपछि उपत्यकाको चौडा सडकमा गति सीमा तोकिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाका अनुसार कोटेश्वर–कलंकी सडकको करिब साढे १० किमी खण्डमा मुख्य लेनमा ५० किमी प्रतिघण्टा गति सीमा तोकेको छ । सर्भिस लेनमा २० किमी प्रतिघण्टा तोकेको छ ।
चीन सरकारको सहयोगमा ८ लेनको बनाइएको यो सडक गएको १३ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । विज्ञ समूहले सडक पैदलयात्रु र चालकमैत्री नदेखिएकोले यसमा केही पूर्वाधार थप्नुपर्ने बताउँदै आइरहेका छन् ।महाशाखाले गति निर्धारण गरी सवारीको गति मापन गर्न ‘लेजर स्पीड गन’ प्रयोगमा ल्याउने तयारी गरिरहेको छ ।
ट्राफिक महाशाखाका अनुसार ‘लेजर स्पिड गन’ विशेष खालको क्यामेराजडित उपकरण हो । यो दूरबिन आकारको हुन्छ, यसलाई ट्राफिक प्रहरीले सजिलैसँग हातमा लिएर सञ्चालन गर्न सक्छन् । यसले सवारीसाधनको तस्बिरका साथै उसको गति नाप्न सक्छ । सवारीसाधनको दूरी पनि उपकरणले देखाउँछ । निर्धारितभन्दा बढी गुड्ने सवारीसाधनको गति सजिलै देखिने भएकाले यसैका आधारमा प्रहरीले उक्त सवारीसाधनलाई कारबाही गर्न सक्छ ।
June 4, 2019 10:58 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन