Thursday 14th May 2026

सिरानचोक गोर्खाका मुस्लिम समुदायले इद पर्व भव्य रूपमा मनाए ।

7 years अगाडी

मुस्लिम ममुदायहरूको पहिलो महान पर्व इदुल फित्रको अवसरपारि गोर्खाका मुस्लिम समुदायले हिजो २२ जेष्ठ २०७६ गते इद बिशेष कार्यक्रम सम्पन्न गरेका छन् । गोर्खा स्थित सिरानचोक मकुन्डाडाका मुस्लिम समुदायले पछिल्लो बर्ष जस्तै यस बर्षको पनि एक आपसमा शुभकामना आदान प्रदान गरि “इदुल फित्र २०७६” कार्यक्रम सम्पन्न गरेका हुन् । गाउँका युवाहरूको सकृय भुमिकामा नमाज (प्राथना) पढेर सकिए लगत्तै हिजो १२ बजेदेखी सम्पन्न कार्यक्रममा गाउँका समाजसेवी,भद्र भलादमि, बच्चा बच्ची, बुढापाका, महिला बर्ग सबैको उपस्थिति रहेको गाउँका सकृय युवा रम्जानदिन मियाले जानकारी दिएकाछन् ।

ईस्लाम धर्मावलम्बीहरुले एक महिनासम्म लामो व्रत (रोजा) बसी चन्द्रमाको उदय भएसंगै इस्लामिक साबान महिनाको पहिलो दिन पर्व मनाउने गर्दछन् । उनिहरूले बिहानै नुवाइ धुवाइ गरि नयाँ-नयाँ कपडामा सजिदै मिठो चिज खाएर यो दिनको सुरूवात गर्दछन् । त्यसैगरि यो पर्वमा सबैजना खुल्ला मैदान इदगाहमा सामुहिक नमाज पड्ने र एक आपसमा इदको शुभकामना आदानप्रदान गर्ने गर्दछन् । भने सोही दिनमा अनिवार्य जकातुल फित्र (दान) निकाली गरिबहरुलाइ प्रदान गरिने चलन छ ।

 

अन्य धर्मालम्विहरू जस्तै मुस्लिम धर्मालम्विहरूको पर्व बिशेषलाइ मध्यनजर गरि यस वर्ष नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको इद पर्वका अवसरमा सार्बजनिक छुट्टी समेत गरेको थियो ।

समाचार श्रोतः रम्जान दिन मिया “समर्पण”

          June 6, 2019 1:28 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...