होसियार यसकारण, अण्डालाई फ्रिजमा राख्नु हुँदैन !
फ्रिजमा धेरै कुरा स्टोर गरेर राख्ने गरिन्छ किनभने हरिया सागसब्जी र दुग्धजन्य पदार्थ चाँडै नै खराब हुन्छन् । यसका साथै फ्रिजमा जूस, फलफूल र अण्डा पनि राखिन्छ तर फ्रिजमा अण्डा राख्दा विभिन्न प्रकारको हानी हुन्छ भन्ने के तपाईंलाई थाहा छ ?
१. तापक्रमः यदि तपाईं अण्डाको प्रयोग बेकिङ सामाग्री बनाउन गर्न चाहनुहुन्छ भने यसलाई फ्रिजमा नराखेकै राम्रो । फ्रिजमा राखिएका अण्डा फिट्न थोरै मुश्किल हुन्छ जसले रंग र स्वाद दुबैमा फरक पार्ने गर्छ ।
२. फुट्ने डरः तपाईंले याद गर्नुभएको होला, किनेर ल्याउने बित्तिकै उसिन्न राखिएको अण्डा फुट्दैन तर फ्रिजमा राखिएको अण्डा उमाल्दा फुट्ने डर अलि धेरै हुन्छ ।
३. ब्याक्टेरियाको खतराः अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई सामान्य तापक्रममा राख्दा कन्डेन्सेसन (ग्याँसबाट लिक्विड बन्ने प्रक्रिया) को आशंका बढ्ने गर्छ कन्डेन्सेसनबाट अण्डाको बोक्रामा हुने ब्याक्टेरियाको गति बढ्ने गर्छ र त्यो भित्र प्रवेश गर्ने सम्भावना पनि बढ्छ । यस्तो अण्डा सेवन गर्नु खतरनाक हुनसक्छ
४. संक्रमणः धेरैजसो अण्डाको बोक्रामा फोहोर लागेको हुन्छ । यस्तो अवस्थामा फ्रिजका अन्य खानेकुरा पनि संक्रमित हुनसक्छ जुन खाँदा स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।
५. स्वस्थकरः यो साँचो हो कि फ्रिजमा राखिएको अण्डा बाहिर राखेको तुलनामा धेरै दिनसम्म टिक्छ तर फ्रिजमा अत्यधिक चिसो हुने भएकाले अण्डाको पोषक तत्व नष्ट हुने गर्दछ । कोठाको तापक्रममा राखिएको अण्डा फ्रिजमा राखिएको भन्दा अत्यधिक स्वस्थकर हुन्छ ।
July 3, 2018 4:26 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन