भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुँदै
भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुँदैछ ।भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयनको शुभारम्भ हुन लागेको हो । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यता र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष आतिथ्यमा कार्यक्रम हुँदैछ । सूर्यविनायकबाट कटुञ्जे–तीनधारा सडक निर्माण सुरु गरेर भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब दुई करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम छुट्याइएको छ ।यसमध्ये चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजार रुपैयाँ बराबरको रकम विनियोजना गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४००, चाँगुनारायण नगरपालिकाबाट ९१० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् ।
June 7, 2019 1:57 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :