एनआरएनए कासिम साउदिद्वारा मृगौला पीडित लाई आर्थिक सहयोग ।
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिम साउदी अरबले मृगौला पिडितलाई नगद रुपैयाँ सहयोग गरेको छ । दिरुङ न.पा. ६, नेर्पा, खोटाङ जिल्ला घर भइ हाल पुरानो बानेश्वर बसोबास गर्ने बर्ष ४४ का भक्त गुरुङलाई समितिले सहयोग गरेको हो । दुई बर्षदेखि दुइवटै मृगौला फेल भएको भइ उपचारार्थ गुरुङको आर्थिक अवस्था निकै कमजोर छ । उनको दयनीय अवस्थालाई लाई टेवा पुग्ने हेतुले क्षेत्रिय समिती अल कासिम र अल वतानिय कम्पनीको संयुक्त पहलमा ४५,७६० रुपैयाँ (१५६१ रियल) आर्थिक सहयोग गरिएको हो ।
बिगत् १९ बर्षदेखि अल वतानिय कम्पनी अल कासिम साउदी अरब मा कार्यरत गुरुङ अस्वस्थ भइ गत १७ फेब्रुअरीमा नेपाल फर्केका थिए । हिमाल अस्पताल ज्ञानेश्वेर उपचारका क्रममा उनको मृगौला खराबी देखिएको थियो । गुरुङको हप्ता-हप्ताम डाइलोसिस गराउनु पर्ने र मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको छ । मृगौला प्रत्यारोपण लागि झन्नै १८ लाख लाग्ने गुरुङको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
पारिवारिक सहयोगको अपिललाई मध्यनजर गरि गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमद्वारा १०९० साउदी रियल र ध्रुब कटुबाल,वीर बहादुर तामाङको संयोजकत्वमा अल वतानिय कम्पनीबाट संकलित ४७७ रियल गरि एकमुष्ट नगद रकम बिमारलाई हस्तान्तरण गरिएको एनआरएनए अलकासिमका क्षेत्रीय अध्यक्ष रम्जान दिन मियाँ जानकारी दिएका छन् ।
स्मरण रहोस एनआरएनए आर सि सि अल कासिमले यस्ता पीडितहरुलाइ सहयोग गर्दै आइरहेको छ । ४ महिना अगाडि धादिङकि सीता मृगौला पीडित श्रेष्ठलाई पनि उपचारका लागी समितिले ५३,७६० रुपैयाँ (१८४३ रियल) आर्थिक सहयोग गरेको थियोे ।
श्रोत: रम्जान दिन मियाँ,अल कासिम


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन