Monday 25th November 2024

ब्रेन हेम्रेजको असफल सर्जरी, मुम्बईमा नेपाली युवाको नाजुक अवस्था

5 years अगाडी

मुम्बई – भारतको फिल्मी नगरी मुम्बईमा एक नेपालीको आर्थिक स्थिति नाजुक हुनाले अस्पताल उपचार नै अलपत्र परेको छ। त्रिवेणी गाउँपालिका पश्चिम रुकुम, ४२ वर्षीय कृष्ण वली गोवा राज्यमा सिक्योरिटी गार्डको कार्य गर्दै आएका थिए । चार महिना पहिला एक्कासी टाउको दुख्ने र चक्कर आउने बेथा सुरु भएको हो । सुरुवाती अवस्थामा सामान्य बिरामी सम्झी उपचारक्रममा खासै ध्यान दिएनन । तर एक दिन आफ्नो कार्यस्थलमा एक्कासी ढलेपछी र आपतकालीन स्थितिमा गोवा मेडिकल अस्पतालका न्यूरो विशेषज्ञ टिमले जांच गर्दा व्रेन हेम्रेज भएको जानकारी दिए । डाक्टरले पिडितको आपतकालीन स्थितिमा सर्जरी गर्नु बताए पछि पिडित र आफन्तले नकार्न सकेनन । पिडितलाई जसरि हुन्छ बचाउनको निम्ति पहिलो सर्जरी गोवा मिडिकल कालेजमा गरिएको हो ।

गोवामा गरिएको पहिलो सर्जरी सफल हुन सकेन र पिडितको समस्या थपिन लागे कहिले आँखा बाट नदेखिने, धमिरो-धमिरो देखिने, हिन्न नसक्ने, कुनै पनि वस्तु दोब्बर देखिने दिन प्रतिदिनको समस्याले विकराल रुप धारण गर्न लागे। केहि समय पश्चात गोवा मेडिकल कालेजका न्यूरो विशेषज्ञहरुले बिरामीको उपचार गोवामा असम्भव भएको भन्दै पिडितलाई मुम्बईको के इ एम अस्पतालमा रेफर गरे । मुम्बई अस्पतालका न्यूरो विशेषज्ञ टिमले जांच गर्दा पिडित कृष्ण वलीको अवस्था अत्याधिक नाजुक रहेको र पिडितको शारीरिक अवस्था कमजोर हुनाले सर्जरी तीन चरण हुने बताएका छन् । पीडितका आफन्तले बताये अनुसार अबको सर्जरी आधुनिक टेक्नोलोजी र वरिष्ठ सर्जन मार्फत हुने भएको छ । डाक्टरले पहिलो चरणको उपचारका लागि छिटो भन्दा छिटो ३ लाख भारु अस्पतालमा जमा गर्न भनेका छन । बिडम्बना रकमको अभावले दिएको सर्जरी मितिपनी निकलियो ।

पिडितको अवस्था प्रत्येक दिन ज्याला मजदुरीगरि खाने व्यक्तिलाई एक्कासी ब्रेन हेम्रेज जस्तो खर्चिलो रोग लाग्नु कुनै भयानक डरलाग्दो सपना भन्दा कम हैन तर यो कृष्ण वलीका लागि सत्य भएको छ । दिन – भरि कामगरि कमाएको पैसामा बेलुकीको भोजन निर्भर रहेको परिवारमा बिरामीको उपचार सोच्दा-सोच्दै मर्नु बाहेक कुनै दोस्रो विकल्प नभएको देखिएको छ । पहिला देखि नै आर्थिक स्थिति गरिबी रेखामा रहेको थियो र यस किसिमको रोगको उपचार नै कृष्ण वलीका लागि असम्भव भएको छ । पन्द्रह वर्ष पहिला रोजगारको खोजिमा भारत आएका कृष्ण वलीले गोवा राज्यमा ज्याला मजदुरी कार्य गरि रहेका थिए । घरमा सत्तरी वर्षकि बृद्ध आमा, श्रीमती, दुइ छोरा र एक छोरी सम्पूर्ण घरको आर्थिक भार कृष्ण वलीमा रहेको अवस्थामा आफुनै अस्पतालको बेडमा आएपछि घरको आर्थिक, भौतिक अवस्थाले विकलांगताको रुप धारण गरेको छ । घरको एक मात्र रोजगार सदस्य नै पिडित भए पछि बृद्ध आमाको हेरचार, घरको आर्थिक-भौतिक, बच्चाहरुको लालन पोषण, भविष्य र बाच्न समेत मुस्किल भएको छ ।

सहयोगीहरु भनिन्छ भगवन पनि यसै पृथ्वीमा मानव रूपीमा हुन्छन । यस भनाइको जवलंत उदहारणको रूपमा गणेश चन्द र डम्मर वली देखिएका छन । प्रदेशमा दस-बाह्र हजारको सामान्य जागीर, आफ्नै घर परिवार, भाडाको कोठा, आफ्नै आर्थिक अवस्था नाजुक रहेतापनि आफ्नो घरगाउँको छिमेकीलाइ प्रदेशमा बचाउनको निम्ति संघर्ष गरी रहेका छन । पीड़ितीलाइ हेरचार गर्दै आएका डम्मर वलीले बताये अनुसार अहिले सम्मा गणेश चंद्रले लगभग छ लाख खर्चगरी सकेका छन । साथै परिवारका साथ एकल कोठा बस्दै आएका डम्मर वलीले पीड़ितलाइ आफ्नै घरमा आफ्नै परिवारको सदस्य स्वरूप हेरचार गरी सम्पूर्ण प्रवासी नेपालीका लागि मानवता को उदहारण दिएका छन । वर्तमान समयमा पीड़ितलाइ चाहिएको औषधि, अस्पतालको खर्चको व्यवस्थापन सहित अभिभावकको भूमिका गणेश चंद्र र डम्मर वलीको रहेको छ । पीड़ित सामान्य भएर आय – व्ययको हिसाब गर्ने सपना जस्तै देखिएको छ । तर पनी यी दुइ व्यक्तिले आफुले सक्दो आर्थिक, भौतिक शारीरिक सहयोग गरी रहेका छन।

“कृष्ण वली बचाउ” अभियान गोवा नेपाली समाजका अध्यक्ष “प्रकाश पुन” ले कृष्ण वलीको स्वास्थ्य तथा शारीरिक अवस्थाको जानकारी पाउन साथ पीड़ितका लागि आर्थिक रकम संकलन गर्ने उद्देश्यले :”कृष्ण वली बचाउ” अभियान सुरु गरेका छन । यस अभियानमा व्यक्तिगत, संस्थागत, राजनीतिक व्यक्तित्व र भातृ संगठनहरुको साथ सहयोगलाई हातेमालो गर्दै सम्पूर्ण प्रवासी नेपाली मार्फ़त पीड़ितका लागि सहयोग जुटाउने प्रतिबद्धता गरेका छन । अंतर्राष्ट्रीय नेपाली समाज भारतका सचिवालय सदस्य तथा गोवा राज्य इंचार्ज प्रेम सेर्पाली र अंतर्राष्ट्रीय नेपाली समाज महासचिव लोकेन्द्र सेर्पालीले बताए अनुसार यही आउदो १६ जुनको दिन गोवामा “कृष्ण वली बचाउ” अभियानलाई नया ऊर्जाका साथ आर्थिक रकम संकलन गर्ने र उक्त मिति सम्म संकलन भएको रकम हस्तान्तरण गरिने मीडियालाई जानकारी दिएका छन । साथै भारतको कुनैपनी राज्य देखी पीड़ितलाई बैंक मार्फ़त सहयोग गर्न अथवा प्रत्यक्ष भेंटनको लागी सम्पर्क न.
Canaran bank
Ganesh Tej Bahadur Chand
A/c 5293127000007
Ifsc code CNRB0005292
Betim Goa.
प्रेम सेर्पाली ९१७२९५४९६८, गणेश चन्द ९१५६११६२३३, प्रकाश थापा ९८९०२७७८१७, डम्बर वली ८७८८४१६७८१

          June 10, 2019 2:10 pm | Uncategorized,प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...