Wednesday 23rd July 2025

जान्नुहोस्,मौसमी फल आरुवखडाको यति धेरै फाइदा

6 years अगाडी

आरुवखडा मौसमको फल हो । अहिले गाउँघरमा लटरम्म आरुवखडा फलेको देख्नसकिन्न्छ भने बजारमा पनि जतातत्तै आरुवखडा बेच्न राखिएका छन् । मौसम अनुकुल फलफूल स्वादका साथ साथै शरीरको लागि निकै लाभदायक हुन्छ । वर्षायाम सुरु भएसँगै आरुवखडा पाक्ने गर्छ । त्यसो त आरुवखडापनि केही प्रजातिका हुन्छन् । जस्तो गीनगेज, अली ट्रान्सपारेन्ट गेज, स्तान्ले, मिथेली, मेरी पोसा, केल्सी, सान्तारोजा आदि । सामान्यत एउटा बोटबाट ३५ देखि ५० केजीसम्म आरुवखडाफल्ने गर्छ । यस हिसाबले आर्थिक आयआर्जनका लागि पनि आरुबखडाको खेती उपयोगी हुन्छ ।

आरुवखडाको स्वास्थ्य लाभ : आरुवखडा मौसमी फल । यसलाई उमार्न, फलाउन, भण्डारण गर्नका लागि किटनासक वा रसायनको प्रयोग गरिदैन । अनुकुल हावापानी र उर्बर माटोमा आरुवखडा राम्ररी फल्छ । त्यसैले यो पूर्णत जैविक फल पनि हो ।आरुवखडा स्वादको लागि खाने त भइयो नै । साथसाथै यसले स्वास्थ्य लाभ पनि मिल्छ । खासगरी आरुवखडामा एन्टि अक्सिडेन्टको मात्रा पाइन्छ । यसैगरी फाइबर तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन सि, पोटासियम, बेटा कारोटिन, खनिज तत्व पनि पाइन्छ ।

आरुवखडामा फाइबर हुने भएकाले कब्जियतको समस्या हटाउन सहयोग गर्छ । पेट सम्बन्धीको समस्या वा पाचनको समस्या हटाउन आलुवखडा उपयोगी हुन्छ ।यसमा फाइबरसहित सोर्विटोल तथा इसाटिन भन्ने तत्व पनि हुन्छ, जसले प्राकृतिक रुपमा पाचन प्रणालीलाई चुस्त राख्न सहयोग गर्छ ।आरुवखडा मधुमेह रोगीका लागि समेत उपयोगी हुने बताइन्छ । यसमा ग्लुकोजको मात्रा कम हुने भएकाले मधुमेह रोगीले खान सक्छन् । अझ यसले मधुमेह नियन्त्रणमा सहयोग गर्छ भनिन्छ

रातो निलो देखिने अरुवखडामा एन्थोसायनिन नामको तत्व पाइन्छ । यसले क्यान्सरको कारण मानिने हानिकारक फ्रि र्‍याडिकल्सहरुको सफाई गर्ने बताइन्छ । यसैगरी स्तन क्यान्सरको संभावना पनि यसले कम गर्छ । आरुवखडामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले अल्जाइमर जस्ता रोगको संभावना कम गर्छ ।आरुवखडामा भिटामिन सि पनि पाइन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा कम क्यालोरी हुने भएकाले मोटोपन घटाउन सहयोग गर्छ । छालाको लागि पनि यो फाइदाजनक हुन्छ । एजेन्सी

          June 11, 2019 10:12 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...