

बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालमा अझै १६ लाख बाल श्रमिक

काठमाण्डौ – ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि मनाईंदैछ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिएको छ । नेपालमा सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखिएको छ । तर आईएलओको तथ्याङ्कअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाखभन्दा बालश्रमिक छन् । तीमध्ये ६ लाखभन्दा बढी बालश्रमिक जोखिमयुक्त पेशा ब्यवसायमा आवद्ध रहेको पाइन्छ ।
होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, इँटाभट्टा, गलैँचा कारखाना, सवारी साधन, ग्यारेज, उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयले यस वर्ष पहिलो पटक साढे ७ करोड रुपैयाँ बजेट बालश्रम न्यूनीकरणमा छुट्याएको छ । सशस्त्र द्वन्द्वका बेला आमाबाबु गुमाएका बालबालिका जोखिमयुक्त काम गर्न बाध्य भएका छन् । यस्तै २०७२ सालको भूकम्पका कारण पनि धेरै बालबालिमा श्रम गर्न बाध्य भएका छन् । बालश्रम विरुद्वको ऐन तथा नियमावलीले बालश्रम गर्ने गराउनलेलाई कानुनी अपराधको रुपमा राखेको छ । तर पनि १४ वर्ष मुनिका धेरै बालबालिका श्रम गर्न अझै पनि बाध्य छन् ।
June 12, 2019 9:46 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

