

सर्पको टोकाइबाट बच्ने यी हुन घरेलु तरिकाहरु

काठमाडौं । बढ्दो गर्मीसँगै विभिन्न खत्तराहरु बढ्दै जाने गर्दछन् । यो मौसममा सर्पले टोक्ने जोखिम धेरै हुन्छ । सर्पले टोक्नुलाई सर्पदंशका रुपमा लिइन्छ । नेपालको विशेष गरेर तराइ क्षेत्रमा गर्मीको मौसममा सर्पले टोकेका बिरामी संख्या अरु क्षेत्रको भन्दा धेरै पाइन्छन् । सर्प देख्ने बित्तिकै जो कोही पनि तर्सने र धेरैलाई त टोक्यो कि मरिन्छ भन्ने भ्रम पनि रहेको छ ।कतिपय अवस्थामा यो सत्य पनि हो, किनभने हाम्रा वरपर धेरै नै विषालु सर्पहरु पनि पाइन्छन् । अस्पतालसम्म पुग्नुभन्दा अगाडि बिरामीले तुरुन्त र सही प्राथमिक उपचार पाए सर्पदंशबाट हुने मृत्युलाई रोक्न सकिन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार सर्पको टोकाइबाट बच्ने तरिकाहरु निम्न रहेका छन् । सबैभन्दा पहिले बिरामीलाई उत्तेजित हुनबाट रोक्ने वा शान्त बनाउनु पर्छ ।सबै सर्पले टोक्दैमा विष छोडेको हुँदैन, जसलाई ‘ड्राइ बाइट’ भनिन्छ । नेपालको पूर्वी तराइमा गरिएको एक अनुसन्धानले १० प्रतिशत टोकाइमा मात्र सर्पको विष हुने गरेको देखिएको थियो ।
अर्को बिरामी सकेसम्म नचलिकन बस्नुपर्छ । टोकेको ठाउँमा क्रेप्ट ब्यान्डेज बाँध्नुपर्छ तर धेरै कडा गरेर बाँध्नु हुँदैन । टोकेको ठाउँ नचलोस् भन्नका लागि काठको काप्रो (स्प्लिन्ट) प्रयोग गर्न सकिन्छ ।टोकेको ठाउँलाई मुटुको लेबलभन्दा मुनि राख्नुपर्छ । साथै, शरीरमा लगाएको कपडा कसिएको भए तथा घडी वा गरगहना लगाएको भए निकाल्नुपर्छ । अनि जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ ।
सर्पले टोकेको समयमा गर्न नहुने कामहरु भनेका, घाउमा चक्कुले काट्ने, चुस्ने वा कुनै रसायन लगाउनु हुँदैन । धामी झाक्रीको विधि प्रयोग गर्नुहुँदैन ।टोकेको ठाउँमा कुनै कडा रबर (तन्कने वस्तु) ले बाँध्नु हुँदैन, यसबाट टोकेको ठाउँ वरिपरि कालो हुने वा ग्यांग्रिन भई सर्पले टोकेको ठाउँ नै काटेर फ्याँक्नु पर्ने हुनसक्छ ।अनी मद्यपान (जाँड–रक्सी) खानु हुँदैन । यत्ति कुराहरुसँगै घर वरपर फोहर गर्ने लगायतका कामहरु पनि गर्नु हुँदैन त्यसो गर्दा सर्पले आफ्नो वासस्थान बनाएर प्रयोग गर्न सक्छ ।
June 12, 2019 2:00 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

