चार सन्तानकी आमासँग प्रेम बिहे गर्न नमानेपछि छोरी लिएर फरार
काठमाडौं । माया र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने विश्वव्यापी मान्यता रहँदै आएको छ । यस्तै चार सन्तानकी आमासँग अशक्त एक व्यक्तिले महिलाले विहेको प्रस्ताव अस्वीकार गरेको झोंकमा उनकै ९ वर्षकी छोरीको अपहरण गरेका छन् । प्रहरीले सय बढी सिसिटिभी फुटेज अनुसन्धान गरेपछि १२ घण्टाभित्रै अपहरणको घटना फर्दाफास भएको हो ।
यो घटना भारतको राजधानी दिल्लीको हो । भारतीय समाचार माध्यमका अनुसार जून २ तारिख (जेठ १९) दिउँसो दुई बजे बालिका घर नजिकैको पसलमा अण्डा लिन गएकी थिइन् लामो समयपछि पनि छोरी घर नफर्केपछि आमाले खोजतलास शुरु गरिन् । कतै पनि नभेटेपछि यसबारे पुलिसलाई जानकारी दिइन् ।
उजुरीपछि पुलिसले वरिपरीको सिसिटिभी फुटेज अनुसन्धान गर्दा कमलेश नामका एक व्यक्तिले बालिकालाई फकाएर आफूसँगै लगेको पत्ता लाग्यो । स्रोतका अनुसार केही दिनअघि कमलेशलाई बालिकाकी आमाले घरको मर्मतका लागि बोलाएकी थिइन् । कमलेश दैनिक ज्यालादारी गर्ने एक मजदुर हुन् ।
उनी युपीमा बस्छन् । पीडित महिला चार सन्तान छन् । आरोपी कमलेशले उनकी सबैभन्दा कान्छी छोरीको अपहरण गरेका थिए । पक्राउ पछि आरोपीले महिलालाई विवाहको प्रस्ताव राखेको र उनले अस्वीकार गरेपछि त्यसको बदला लिन उनकै छोरीको अपहरण गरेको बयान प्रहरीलाई दिएर सबैलाई चकित बनाएका छन् । उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको छ ।
June 12, 2019 2:06 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला