

तौल घटाउन लाग्दै हुनुहुन्छ ? यी खाना त्यागेर हेर्नुहोस्

हरेक दिन हामीले हाम्रो स्वास्थ्यका लागि विभिन्न प्रकारका खानेकुरा खाने गर्छौं । तर, त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण हामीले सोचे जस्तो फल पाउने गर्दैनौँ । कहिलेकाहीँ जानेर वा नजानी हानिकारक नहुने, नदेखिने खानाले हाम्रो तौललाई निकै असर गरिराखेको हुन्छ ।यसका साथ साथै हामीले थाहा नै नहुनेगरी यस्तो खानाले हाम्रो स्वास्थ्यमा विभिन्न समस्या पनि उत्पन्न गरिरहेका हुन्छ । हामीले हरेक दिन खाने केही खानेकुराले हाम्रो स्वास्थ्यलाई नराम्रोसँग असर गरिरहेको हुन्छ ।
आलु सबैलाई मनपर्छ । नेपालीको भान्सामा धेरै जसो तरकारीमा आलुलाई मिसाउने गरिन्छ । आलुमा कार्बोहाइद्रेटको मात्रा धेरै हुन्छ । आलुमा बासो नभए पनि यसले मानिसको तौल बढाउने गर्छ । यसका साथ साथै यसले हाम्रो शरीरलाई अल्छि बनाइरहेको हुन्छ ।दिउँसो र रातिको तुलनामा हामीले बिहान धेरै खानुपर्छ । दिउँसो र रातिको खानाको बीचको समयमा हामीले धेरै खानु हुँदैन । हामीलाई प्रायः दिउँसो खाजा मज्जाले खाने बानी हुन्छ । खाजामा धेरैजसो जंक फुड, समोसा, मःमः पिज्जा जस्ता खाजा खाने गर्छौं ।
यस्तो प्रकारको खाजाले हाम्रो स्वास्थ्यलाई हानी पुर्याउनुका साथ साथै हाम्रो तौल बढाई रहेको हुन्छ । यस्तो खाजाले पेटसम्बन्धी विभिन्न समस्या उत्पन्न गराउँछ । यसको खाजाको साटो उच्च प्रोटिन भएका खानेकुरा खानु पर्छ जसले भोक मेटाउनुभन्दा पनि शरीरमा उर्जा पैदा गर्छ र हामी छिट्टो थाकदैनम् ।विज्ञापनमा देखाए जस्तो धेरै जसो बजारमा पाइने स्वस्थ स्न्याक असली खाना जतिकै पोषिलो हुने बताइए पनि यसमा विभिन्न केमिकल र फ्याटको मात्रा बेसी हुन्छ । यस्ता खानाहरुले तौल बढाउनुका साथ साथै धेरै स्वास्थ्यसम्बन्धी रोग पनि निम्त्याउने गर्छन् ।
धेरै मानिसहरुलाई गुलियो खाने बानी हुन्छ । गुलियो खाँदा हामीले शरीरमा तुरुन्तै उर्जा पाएको महसुस गर्छौं । यो उर्जा केही समयको लागि मात्र हुने गर्छ । यसले केही समयपछि शरीरलाई पहिलाको भन्दा धेरै थकित महशुस गराउँछ । यसले हाम्रो दाँतमा किरा लाग्ने सम्भावना बढाउँछ ।
यदी हरेक दिन गुलियो खाने बानी छ भने यसलाई तुरुन्तै रोक्नु होस् । हप्ताको एक वा दुई दिन खाने गरेमा यसले त्यति असर पार्दैन । गुलियो खाएपछि तुरुन्तै हामीले मुख कुल्ला गर्नुपर्छ । हामीले दैनिक खाने गरेको खानामध्ये खान नहुने पदार्थ हो, दूध ।
बच्चादेखि बृद्धले हरेक दिन दूध पिउने गर्छन् । आश्चर्य नमान्नुस्, दूध स्वास्थ्यका लागि निकै फाइदाजनक पेय पदार्थ हो । यसले हाम्रो शरीरको हड्डी र दाँतलाई बलियो र स्वस्थ बनाउन मद्दत गर्छ । तर, यसले पनि हाम्रो तौलमा धेरै असर गरिराखेको हुन्छ ।हरेक दिन दूध पिउने, या दूधबाट बनेका विभिन्न खानेकुरा को सेवन गर्नु हुन्छ भने यसलाई एक महिनाको लागि रोकेर होस् । यसले तपाईंलाई तौल घटाउन मद्दत गर्नुका साथ साथै हाम्रो अनुहारमा भएका डण्डीफोर हटाउने गर्छ ।
June 13, 2019 10:35 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

