काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशन चाहिन्छ : डा कोइराला
नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशनबाहेक अर्को बाटो नभएको बताएका छन् । नेपाली काङ्ग्रेस दाङले भालुवाङमा हिजो आयोजना गरेको कार्यक्रममा कोइरालाले काङ्ग्रेस तदर्थ वादमा चलाउने हो भने काङ्ग्रेस समाप्त हुने भन्दै अधिवेशनमा जानुपर्ने धारणा व्यक्त गरे ।
“विसं २०७६ फागुनमा चार वर्षको कार्यकाल पूरा हुन्छ तर नेतृत्व पक्षले अझै केही वर्ष अधिवेशन लम्बिन्छ भन्दै हिँडेका छन् । काङ्ग्रेस अब तदर्थवादमा चलाउने हो भने समाप्त हुन्छ, बेलैमा ध्यान दिन जरुरी छ”, कोइरालाले भने । उनले अहिले काङ्ग्रेसको प्रदेश, क्षेत्रमा पनि कमिटी बन्न नसकेको भन्दै काङ्ग्रेसको विधानमा सङ्क्रमणकालीन व्यवस्थामा भएकाले तुरुन्त निर्वाचनमा जानुपर्ने सुझाव दिए ।
कोइरालाले काङ्ग्रेसले पहिलो जागरण अभियान सफतापूर्ण तवरले सम्पन्न गरेको भन्दै अर्को अभियान सँगसँगै अधिवेशनको तयारीमा पनि लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले विधि र विद्यानलाई टेकेर काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताए “विधि र विधानलाई नटेक्दा काङ्ग्रेसको यस्तो अवस्था आएको हो, विधि र विधानलाई केन्द्रदेखि स्थानीयस्तरसम्म मान्नुपर्छ”, उनले भने, “हामीले संस्कार गुमाउँदै गएकाछौँ, नैतिकताको कसिमा पनि बाँधिन सकेका छैनौँ, त्यसतर्फ ध्यान दिनुपर्छ ।”
June 13, 2019 11:11 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन