

नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा छलफल गर्ने सहमति

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच बेलायती गोर्खा सैनिकका विषयमा थप छलफल गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीको यही जेठ २७–२९ गतेको बेलायत भ्रमणका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतको विदेश तथा राष्ट्रमण्डल मामिला राज्यमन्त्री जेरेमी हन्टले संयुक्त विज्ञप्ति जारी गर्दै द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन ‘गोर्खा सैनिक’ को महत्वपूर्ण भूमिका रहेको जनाई थप छलफल गर्ने सहमति गरेकी हुन् । नेपालको सबैभन्दा पहिले २०० वर्षअघि बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भई अहिले दुई देशबीचको सम्बन्ध व्यापक, गतिशील र विविध रहेको विज्ञप्तिमा जनाइएको छ । नेपाल र संयुक्त अधिराज्यबीच सम्बन्ध सुदृढ गर्न गोर्खा सैनिकको योगदानको सम्मान गर्दै दुवै देशले आगामी दिनमो गोर्खा सैनिक विषयमा छलफल गर्न निरन्तरता दिने सहमति जनाएका छन् ।
दुवै पक्षले नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई ध्यानमा राखी नेपाल र बेलायतबीचको व्यापार र लगानी सम्बन्ध बलियो बनाउने विषयमा छलफल गरेका छन् । दुवै देशका मन्त्रालयले नेपालको आर्थिक विकासमा बेलायतले सबैभन्दा ठूलो दाताका हिसाबले महत्वपूर्ण सहयोग गरेको स्वीकारेका छन् । नेपालले आन्तरिक लगानीका लागि अझै राम्रो वातावरण खोजिरहेको र बेलायतले नेपालमा लगानी गर्न आफ्ना सम्भाव्य लगानीकर्तालाई प्रोत्साहन दिने सहमति पनि भएको छ । दुवै पक्षले दोहोरो कर हटाउने सहमतिको वार्तामा प्रगति भएको र सन् २०२० भित्र त्यसलाई लागू गर्ने सहमति जनाइएको छ । दुवै पक्षले नेपाल अल्पविकसित राष्ट्रको दर्जाबाट जतिसक्दो माथि उठ्ने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासलाई स्वीकारेका छन् । बेलायतको वैदेशिक तथा राष्ट्रमण्डल कार्यालयले नेपालको नयाँ राज्यव्यवस्थाअन्तर्गत नेपालका विकास प्रयासमा निरन्तर सहयोग गर्न बलियो विकास साझेदारीलाई स्वीकार गरेको छ ।
परराष्ट्र मन्त्रालयले गोरखा भूकम्पका बेला राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत गरेको काम र अन्य क्षेत्रमा नेपाली जनतालाई गरेको सहयोगप्रति बेलायती सहयोग नियोग (डिएफआइडी) को प्रशंसा गरेको छ । दुवै सरकारले जलवायु परिवर्तनका विषयमा एकार्काले लिएको बलियो नेतृत्व स्वीकार्दै सो चुनौतीको सामना गर्न द्विपक्षीय र बहुपक्षीय रुपमा मिलेर काम गर्ने सहमति गरेका छन् । दुवै देशले अन्तरराष्ट्रिय विधिमा आधारित पद्धति र बहुपक्षवादको महत्वलाई समर्थन गर्नेमा सहमति जनाएका छन् । दुवै राष्ट्र संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य भएको कुरालाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मान्यता र मापदण्डअनुकूल मानवअधिकारको संरक्षण र प्रबद्र्धन गर्नमा दुवैले प्रतिबद्धता दोहो¥याएका छन् । त्यसैगरी मानव बेचबिखनविरुद्ध केन्द्रित हुने सहमति गर्दै सो कार्यसूचीमा बेलायती प्रधानमन्त्रीको नेतृत्व र प्रतिबद्धतालाई नेपालले स्वीकार्ने भएको छ ।
दुवै राष्ट्रले आआफ्ना मुलुकका कानुन र नियमबमोजिम अभिव्यक्ति र मिडिया स्वतन्त्रताप्रति प्रतिबद्धता जनाएका छन् । सन् २०१९ जुलाइमा लण्डनमा हुने मिडिया स्वतन्त्रता सम्मेलनमा नेपालको सहभगिताका लागि नेपाललाई अनुरोध गरेको छ । बिट्रिस काउन्सिलले नेपालमा आफ्नो काम थालेको ६० औँ वार्षिकोत्सव मनाउन लागेकामा स्वागत गर्दै नेपाली र बेलायती युवालाई नजीक ल्याउन गरिएको प्रयासको स्वागत गरिएको छ । उनीहरुले दुई देशबीचको जनस्तरको सम्बन्ध अझै बलियो बनाउने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मार्फत बेलायती पर्यटकलाई आकर्षित गरेर आर्थिक पक्ष बलियो बनाउने नेपालको अभियानलाई बेलायतले सहयोग गर्ने बताएको छ । नेपाल भ्रमण गर्ने बेलायतीको सङ्ख्या यस वर्ष ६० हजार नाघेकामा खुशी व्यक्त गरिएको छ । दुई देशको सम्बन्ध मजबुत बनाउन क्रियाशील नागरिक समाज, सङ्घसंस्था र व्यक्तिको प्रशंसासमेत गरिएको छ । दुवै पक्षले विगतमा फराकिलो र बलियो सम्बन्ध रहेको जनाउँदै भविष्यमा आपसी सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । रासस
June 14, 2019 11:32 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

