सर्पको विष समेत झार्ने तेजपत्ताका मानिसका लागि यी अद्भूत फाइदा
काठमाडौ । तेजपत्ता पनि घरेलु औषधीले भरिपुर्ण गुण भएको पात हो । यसले माछा, मासुका परिकार स्वादिलो बनाउनको लागि प्रयोगमा ल्याइन्छ । तर यसको औषधीय गुणको बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसले स्वादको मात्र काम नगरेर अचुक औषधीको काम गर्छ । तेजपत्ताका फाइदा यस्ता छन् ।
सर्पको विष झार्छ : सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई तत्काल निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’ तथा ‘एन्टी ब्याक्टेरियल’ गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ ।
जुम्रा मास्छ : टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ । पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने । यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने । तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ । साथै कपाल निकै चमकदारसमेत बन्छ ।
निद्रा राम्रो लाग्छ : यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ । नाकबाट रगत बग्न रोक्छ स् गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ । दुई–तीनवटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।
रुघा–खोकी ठीक पार्छ : रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने । यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ ।
मस्तिष्कको क्षमता बृद्धि गर्न : दालचिनीको प्रयोगले उनीहरुमा सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’, रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने । उनले कोही व्यक्ति जन्मजातै क्षमतावान् हुने, कोही प्रयास गरेर क्षमतावान् बन्ने तथा कोहीमा अनवरत प्रयासका बाबजुद नयाँ कुरा सिक्नमा कठिनाई हुने गरेको बताए ।
June 14, 2019 1:31 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला