हिउँमा भेटियो ४० हजार वर्ष पुरानो ब्वाँसाको टाउको, रौं र दाँत सुरक्षित
काठमाडौं । सामान्यतया मानिसहरुले खानालाई ताजा बनाइराख्नको लागि फ्रिजको प्रयोग गर्ने गर्छन । अहिले विभिन्न प्रविविधिको विकासले मानव जीवनलाई सहज बनाएको छ । यस्तै हिमाली क्षेत्रमा जहाँ १२ महिना नै हिउँ पर्छ त्या पनि मरेका जीव जनवार कुहिने सम्भावना धेरै कम हुन्छ ।वैज्ञानिकहरुले साइवेरियाको बर्फिली पहाडमा ४० हजार वर्ष पुरानो ब्वाँसाको टाउको फेला पारेका छन् । उनीहरुले फेला परेको ब्वाँसोको टाउकोमा कपाल र दाँतका साथै दिमागसमेत सुरक्षित रहेको बताइएको छ ।
वैज्ञानिकहरुले भनेका छन्, ‘ब्वाँसोको यो टाउको ४० हजार वर्ष पुरानो हो । यो १६ इन्च लामो रहेको छ ।’ जुन आजभोलि हुने ब्वाँसोको टाउकोको आकारभन्दा करिब दुई गुणा बढी हो । ब्वाँसोको टाउको वैज्ञानिक पावेल एफिमोवले पत्ता लगाएका थिए । ब्वाँसोको टाउकोमा गहिरो चोट लागेको देख्न सकिने भएकाले कुनै जनावरको आक्रमणमा परी यसको मृत्यु भएको वैज्ञानिकहरुले अनुमान लगाएका छन् ।
किने भने रुसमा मानव जातिको बसाइ ३२ हजारअघि नभएको उनीहरुले पुष्टि गरेका छन् । रुसी वैज्ञानिक डाक्टर एल्बर्ट प्रोतोपोपोवका अनुसार फेला परेको ब्वाँसोको टाउकोको धेरै भागमा चोट लागेको छ । उनले भनेका छन्, ‘फेला परेको ब्वाँसोको टाउको र अहिलेको ब्वाँसोको टाउकोसँग तुलना गरी अध्ययन गरिन्छ । यसबाट पुष्टि हुन्छ कि हजारौँ साल पहिलासँग के भिन्नता रहेको छ ।’ अहिले यो तस्वीरलाई लिएर सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एजेन्सी
June 15, 2019 10:48 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला