

लिचीले लियो तीन सातामा ४७ बालबालिकाको ज्यान

एजेन्सी । लिचीले लियो तीन सातामा ४७ बालबालिकाको ज्यान भारतको बिहारस्थित मुजफ्फरपुरमा अत्यधिक लिची सेवनका कारण तीन सातामा ४७ बालबालिकाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। रगतमा चिनी कम हुनुमा लिचीमा हुने रसायनले भूमिका खेलेको उनीहरूले बताएका छन्।
बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभर रूखमा झुण्डिने र प्रशस्त लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए। ‘अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसार लिचीमा त्यस्तो प्रकारको खराब रसायन हुन्छ।
जसले लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ। जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकारी सञ्जयकुमारले भने। त्यसैले विज्ञहरुले लिची खाली पेटमा खान नहुने बताउँदै आएका छन्। मुजफ्फरपुरका दुई अस्पतालमा गत जनवरीदेखि नै यस्ता किसिमका १७९ बिरामी भर्ना भएका थिए।
June 16, 2019 10:32 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

