लिचीले लियो तीन सातामा ४७ बालबालिकाको ज्यान
एजेन्सी । लिचीले लियो तीन सातामा ४७ बालबालिकाको ज्यान भारतको बिहारस्थित मुजफ्फरपुरमा अत्यधिक लिची सेवनका कारण तीन सातामा ४७ बालबालिकाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। रगतमा चिनी कम हुनुमा लिचीमा हुने रसायनले भूमिका खेलेको उनीहरूले बताएका छन्।
बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभर रूखमा झुण्डिने र प्रशस्त लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए। ‘अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसार लिचीमा त्यस्तो प्रकारको खराब रसायन हुन्छ।
जसले लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ। जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकारी सञ्जयकुमारले भने। त्यसैले विज्ञहरुले लिची खाली पेटमा खान नहुने बताउँदै आएका छन्। मुजफ्फरपुरका दुई अस्पतालमा गत जनवरीदेखि नै यस्ता किसिमका १७९ बिरामी भर्ना भएका थिए।
June 16, 2019 10:32 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय