तितो भएपनि स्वास्थ्यकालागि फाइदाजनक करेला
हेर्दा हरियो र सेतो देखिने स्वादमा भने तितो हुने करेला खनिज पदार्थ युक्त तथा औषधीय गुणले भरपूर सब्जी हो । करेलामा फस्फोरस , क्याल्सियम , प्रोटिन, कार्बोहाड्रेट , भिटामिन ए, भिटामिन बी तथा फाइबर प्रशस्त मात्रामा पाइन्छ ।कलेराको फल, पात, बियाँ तथा जरा सबैलाई औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । कम रक्तअल्पता हुने वा कमजोरी व्यक्तिले तीते करेलाको नियमित सेवन गर्दा रिङ्गटा लाग्ने अथवा कमजोरी महसुस हुन सक्छ ।
दैनिक करेला खाने गरेमा यसले पाचन प्रक्रियालाई सक्रिय बनाएर अरूची हटाउने, कब्जियत तथा पेट सम्बन्धि हुने विभिन्न रोगहरुलाई निको पार्न मद्दत गर्दछ । करेलाले पाचनशक्ति बलियो बनाएर भोक जगाउँछ ।करेलाले सितलता प्रदान गर्ने भएकोले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ । शरीरमा जम्मा भएको कफलाई हटाउनुका साथै दमको समस्या भएकाहरूलाई यो एकदम फाइदा गर्छ ।
शरीरमा चिनीको मात्रालाई नियन्त्रण गरेर मधुमेह तथा कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुने गर्छ । करेला खाने गर्नाले हाम्रो रगत सफा हुनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउछ ।उच्च रक्तचाप भएका बिरामीले बिहान तितेकरेलाको जुस वा तरकारी खाएमा उच्च रक्तचापमा कम हुँदै जान्छ । दाद खजुली निस्किएको ठाउँमा करेलाको रस लगाई दिएमा धेरै राम्रो हुन्छ ।
यसको सेवनले झाडा वा वान्ता भइरहेमा, जन्डिस भएका, जुका परेमा, हैजा लागेमा, पाइल्समा तथा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।
June 16, 2019 12:03 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला