खोटांङ कुवेत सम्पर्क मंचको चौथौं अधिवेशन आगामी १६ अगष्टमा हुने
नैनकला राई जुन १६, कुवेत l खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८ औं बार्षिक उत्सव अगष्ट १६ तारिकमा हुने भएको छ l
गत जुलाई १३ तारिक शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो l साथै अधिवेशन तथा ८ औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति पनि रहने संस्थापक संरक्षक मन्जित चाम्लिङ राईले परदेशी खबरलाई जानकारी दिएका छन्l
रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका खोटाङ्गेहरुलाई एक ढिक्का बनाउदै बिशेष जन्मभूमिको विकाशको लागि टेवा पुर्याउने हेतुले “भाषा अनि संस्कृतिमा बिबिधता, विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ सन् २०११ मा संस्थापक संरक्षक मन्जित चाम्लिङ राई लगाएत कुवेतबासी खोटाङ्गेहरुको अग्रसरतामा कुवेतमा स्थापना भएको खोटाङ कुवेत सम्पर्क मंचले निरन्तररुपमा कुवेतका संघ संस्थाहरुसँग हातेमालो गर्दै सक्रियताको साथ लागेर संस्थाले मानव जीवनको चौतर्फी विकाशको लागि शिक्षा, स्वास्थ्य, र खेलकुद क्षेत्रमा पनि उत्तिकै चासो दिदै गृह जिल्ला तथा गैर जिल्लामा विभिन्न खालका अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले सक्नेसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आईरहेको छ l
उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने खोटाङ्गेहरु लगाएत बुद्धिजिबी, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाइ गरिमामय उपस्थिति जनाई कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गरीदिन हुन पनि मंचका संरक्षक राईले आग्रह गरेका छन् ।
कार्यक्रमको विवरण
मिति : १६ अगष्ट २०१९ शुक्रबार
स्थान : आइडियाल अडिटेरियम हल फर्वानिया
समय : दिनको ठिक १२ बजे
आयोजक : खोटाङ कुवेत सम्पर्क मंच, कुवेत
June 17, 2019 2:37 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी