

श्रीमान खाडीमा कमाउने, श्रीमती अर्कैसँग रमाउने ! नेपालमा गर्भपतन गराउँने महिलाको संख्या बढ्यो

काठमाडौं । स्याङ्जा जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ ।गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताइन । महीनामा ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने गरेको उनले बताइन ।
अनमी शर्माले भनिन, “१३ देखि २० वर्षभित्रका अविवाहित किशोरीहरुसमेत गर्भपतन गराउनका लागि आउने गरेका छन् ।” श्रीमान् वैदेशिक रोजगारीमा भएका महिलाहरु बढी आउने गरेको शर्माको भनाइ छ । जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डाक्टर अमृत पोख्रेलले जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको बताए । १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी मान्यता रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन
गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि रक्त सरापको समस्या भएपछि अन्तिम अवस्थामा आफूहरु कहाँ आउने गर्दा रगत कमि लगायत अन्य विभिन्न प्रकारका समस्या हुने गरेको उनको भनाइ छ । परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ताभन्दा गर्भपतन गराउन आउनेको सङ्ख्या बढी भएको बताउँदै उनले विद्यालय र क्याम्पसहरुमा यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
जिल्लामा गर्भपतन गराउने १९ संस्था सूचीकृत घएका छन् । चालू आर्थिक वर्षमा ८४ जनाले गर्भपतन गराएका छन् । जसमध्ये वालिङमा रहेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३२७ जनाले सेवा लिएको र जसमा ३६ जना २० वर्षभन्दा मुनिका रहेका छन् भने २९१ जना २० वर्षभन्दा माथिका रहेको सो केन्द्रले जनाएको छ । ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले अधिकांश किशोरीहरुले क्लिनिकमा पाइने गर्भ नरहने औषधिसमेत प्रयोग गर्ने गरेको जानकारी दिए । रासस
June 19, 2019 11:27 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

