

नेपाल पर्वतीय गन्तव्य मात्र होइन

नेपाल किन जाने भन्ने प्रश्नमा धेरैजसोसँग एउटा जवाफ हुन्छ, पर्वतारोहणका लागि । हिमाली मुलुक हुनु, विश्वकै सर्वोच्व शिखर सगरमाथा हुनु जस्ता कुराले नेपाललाई ‘पर्वतीय गन्तव्य’को रुपमा चिनाएको छ । विश्वले के बुझेको छ भने, नेपाल भनेको पर्वतीय गन्तव्य हो । यसर्थ पर्वतारोहण वा साहसिक यात्राका लागि नेपाल पुग्नुपर्छ ।तर, नेपालमा हिमाल मात्र छैन । नेपाल पर्वतारोहण र साहसिक यात्राका लागि मात्र उपयुक्त छैन । यो सानो सीमारेखाभित्र समेटिएको मुलुकमा अरु थुप्रै यस्ता कुरा छन्, जो अरु विश्वमा देख्नु, भोग्नु पाइन्न ।
जीवन-भोगाईका नितान्त नौलो एवं रोमाञ्चक स्मृति संगाल्नका लागि नेपाल पुग्नुपर्छ भन्ने कुरा विश्वमाझ पुर्याउनुपर्नेछ ।हामीसँग भएको चुनौती भनेको विश्वमा नेपाललाई कसरी पर्यटनको उम्दा गन्तव्य हो भनेर चिनाउनु नै हो । पर्वतिय शृंखला त हाम्रो आकर्षण हो नै । यद्यपी त्यती मात्र काफी छैन । नेपाल जाने भन्नसाथ हिमाल चढ्नका लागि वा हिउँसँग खेल्नका लागि भन्ने जवाफ मात्रले अब हामीलाई ढुक्क बनाउँदैन । किनभने हामीसँग पर्यटकलाई लोभ्याउने र फर्की-फर्की नेपाल आउन बाध्य बनाउने थुप्रै आकर्षण छन् ।
त्यसो त मानिसहरुमा कस्तो प्रवृत्ति देखिएको छ भने, जीवनमा कहिल्यै नभोगेको अनुभव लिने ।यो भनेको कहिल्यै नहिँडेको बाटो हिँड्ने, कहिल्यै नझेलेको हावापानी झेल्ने, कहिल्यै नचाखेको खानेकुरा चाख्ने, कहिल्यै नदेखेको दृश्यहरु हेर्ने । यही किसिमको रुची एवं प्रवृत्तिलाई अब हामीले सम्बोधन गर्नुपर्छ । यसका लागि हामीले पर्यटन विकासलाई प्रभावकारी बनाउनुपर्छ ।
शुुखी नेपाली : पर्यटन यस्तो उद्योग हो, जसले छिटो भन्दा छिटो नतिजा दिन्छ । पर्यटनको विकास सही ढंगले हुन सक्यो भने हाम्रो कायपलट हुन्छ । हामीले सजिलै र छिटै आर्थिक समृद्धि हासिल गर्नेछौ । साथसाथै पर्यटन भनेको दीगो क्षेत्र पनि हो ।
सरकारले एउटा नारा अघि सारेको छ नि, समृद्ध नेपाल, सुखी नेपाली । वास्तवमा यो नारालाई सार्थक तुल्याउन पर्यटन एक दरिलो आधार बन्नसक्छ । जब विश्वभरबाट यहाँ पर्यटकको ओइरो लाग्नथाल्छ, त्यसपछि हाम्रो आर्थिक उपार्जनको स्रोतहरु अथाह हुन्छ । चाहे पर्यटकलाई घुमाएर होस् वा खानाबस्न दिएर, आफ्नो कला प्रस्तुत गरेर होस् वा कुनै उत्पादन बेचेर, मनग्यै आय-आर्जन लिन सकिन्छ ।
यसबाट मिल्ने अर्को लाभ भनेको सांस्कृतिक आदनप्रदान पनि हो । विश्वको कुनैपनि गोलार्द्धसँग हाम्रो सोझो सम्बन्ध स्थापित हुनेछ । त्यसपछि हाम्रा उत्पादन, हाम्रा संस्कृति, हाम्रा भाषाले अरु विस्तार हुने एवं झांगिने अनुकुलता पाउँछ । यसरी पर्यटन विकासबाट हामीले समृद्धि भित्र्याउन सक्छौ । सुखी नेपालीको नारालाई सार्थक तुल्याउन सक्छौं ।
सपना मात्रले पुग्दैन : पर्यटन भित्र्याउने कुरा त गर्र्यौ । पर्यटन विस्तारपछि हुने कायपलटको सपना त सजायौं । तर, यसका लागि हामीले आफुलाई केही परिवर्तन गर्नैपर्छ ।
विश्वमाझ हामीलाई कसरी चिनाउने, कसरी पर्यटकलाई आकषिर्त गर्ने, कसरी उनीहरुलाई पटक-पटक आउनका लागि बाध्य तुल्याउने, कसरी उनीहरुलाई यहाँ धेरै समय बस्न रुची जगाउने भन्ने कुरामा चाहि हामीले धेरै कुरा गर्नुपर्छ ।
कला-संस्कृति, खानपान, रहनसहनलाई कसरी हामी पर्यटकिय मूल्यमा ढाल्न सक्छौ ? यसबारे पनि मन्थन गर्नुपर्ने, अभ्यास गर्नुपर्ने देखिन्छ । साथसाथै पूर्वाधार विकास पहिलो प्रथामिकता हो । पर्यटकलाई गाँसबास, यातायातका लागि सहज हुने विधीहरु हामीले खोज्नुछ ।
नेपाल आउने बाटो नै साँघुरो : हाम्रो पछिल्लो अध्ययनबाट के थाहा भएको छ भने विश्वभरबाट थुप्रै पर्यटक नेपाल आउन उत्सुक छन् । तर, समस्या के छ भने नेपाल आउने बाटो नै साह्रै साँघुरो भयो । हवाई मार्गको कुरा ।चाहेर पनि कतिपयले नेपाल आउन सकेका छैनन् । एकातिर हवाई टिकट पाउनै मुश्किल, पाइयो भने पनि अति महंगो । यही दुई कारणले नेपाललाई गन्तव्य बनाउन चाहने पर्यटकहरु अन्यत्र मोडिन्छन् ।
जब हामी कतै घुमफिर गर्ने योजना बनाउँछौ, गन्तव्यसम्म पुग्नका लागि चाहिने खर्च अर्थात ट्राभल खर्चले चाहि मनस्थितीमा ठूलो असर पर्छ । जान मन लागेको ठाउँमा पनि हामी जाँदैनौ, यात्रामै बढी खर्च हुन्छ भन्ने मानसिकताले । यात्रामा लाग्ने खर्च बढी भयो भने मान्छेहरु हच्किन्छन् । बरु होटल, खानपान वा अन्य सेवा सुविधा महंगो भएको उनीहरुले त्यती ख्याल गर्दैनन् । यात्रा खर्च भएको कुरामा चाहि सर्तक भइहाल्छन् ।
हामीकहाँ एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छन् । अन्तर्राष्ट्रिय उडान सीमित छन् । ति पनि महंगो र दुर्लभ छ । हामीकहाँ पर्यटक भित्र्याउनुको मूल चुनौती यही हो । यसैगरी गन्तव्यसम्म पुग्नका लागि सडक संरचना एकदम कमसल छ । खुसीको कुरा चाहि के भने, सरकारले अहिले सडक पूर्वाधारमा निकै राम्रो बजेट विनियोजन गरेको छ । कार्यन्वयन भएको खण्डमा यसले पर्यटन विस्तारमा पक्कै सघाउ पुर्याउनेछ ।
२० लाख पर्यटक आउँलान् ?
भ्रमण वर्षको क्रममा आगमी २०२० मा हामीले २० लाख पर्यटक भित्र्याउने लक्ष्य तय गरेका छौ । पछिल्लो केही बर्षयता पर्यटक बृद्धिदर हेर्दा हामीले यो लक्ष्य हासिल गर्नेछौ भन्नेमा हामी ढुक्क छौ । पछिल्लो तीन वर्ष यताको बृद्धिदर हेर्दा २५ प्रतिशतभन्दा बढी पाइएको छ ।
अब सन् २०२० मा ३० देखि ३२ प्रतिशत बृद्धिदर हासिल गर्यौं भने २० लाख पर्यटक भित्रिनेछन् । यत्तिका पर्यटक भित्र्याउनका लागि हामीले विश्वभर अनेक प्लेटर्फमबाट प्रचार-प्रसार गरिरहेका छौ । विभिन्न फोरम र डिजिटल माध्यामबाट नेपालप्रति उत्सुकता जगाउने काम गरिरहेका छौ ।
२० लाख पर्यटकलाई निम्त्याउनका लागि हामीले अहिले पूर्वाधार विकासमा पनि केही प्रगति भइरहेको पाएका छौ । जस्तो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्ग बन्दैछ, जो १२ घण्टा सञ्चालनमा आयो भने यसले १२, १५ वटा विमानलाई स्पेश दिनेछ । यसैगरी लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न भएमा हाम्रो हवाई मार्ग खुकुलो हुनेछ ।
हामीसँग के छ ? : मानौ हाम्रो प्रचार प्रभावकारी भयो । पर्यटकहरु नेपाल आउन उत्सुक भए । लक्षित पर्यटक भित्रिए भने हामीले उनीहरुलाई कसरी आतिथ्य दिन सक्छौ ? उनीहरुको भ्रमणलाई कसरी स्मरणिय र रोमाञ्चक बनाउन सक्छौ ? अब हामीले तयारी गर्नुपर्ने विषय यिनै हुन् । हुन त हामी सांस्कृतिक विविधताले भरिपूर्ण समाजमा छौ । हाम्रो संस्कृति, खानपान, रहनसहन सबैमा विविधता छ । मौलिकता छ । हाम्रा वेशभुषा, संस्कार, पर्व एवं उत्सव पनि भिन्न भिन्नै छन् । साथै यी सबै कुरा आफैमा लोभलाग्दा छन् ।
अब हामीले आफुसँग भएका यही संस्कृति, संस्कार, रहनसहन, खानपानलाई पर्यटकिय मूल्यसँग जोड्नुपर्छ । ठूला होटल, लज मात्र होइन, होमस्टेको माध्यामबाट पनि पर्यटकलाई आतिथ्य दिनुपर्छ । होमस्टे भनेको कुनै होटल होइन । होमस्टेमा पर्यटक यसकारण बस्न चाहन्छन् कि उनीहरु रैथाने परिवार र संस्कृतिसँग घुलमिल भएर नयाँ अनुभव लिन सकियोस् ।
हाम्रो हावापानी, भौगोलिक अवस्था पनि एकनास छैन । कतै कठ्यांगि्रने चिसो छ, कतै उर्खमौलो गर्मी छ, फेरी कतै सन्तुलित तापमान छ । यस्तो किसिमको विविधता पनि हाम्रो सम्पति हो । अर्कोतिर जैविक विविधता, अनेकथरी वन्यजन्तु पनि हाम्रा आकर्षण हुन् । यी सबै कुरासँग घुलमिल भएर पर्यटकले जीवनका रोमाञ्चक अनुभव लिन सक्छन् । उनीहरुले यसअघि कहिल्यै अनुभूत नगरेका अनुभव नेपालमै लिनका लागि आउनेछन् ।
पर्यटकहरु हिमाल वा प्राकृतिक सौन्दर्य मात्र हेर्न चाहदैनन् । उनीहरु कुनै मनोरम थलोलाई मात्र गन्तव्य बनाएर आउँदैनन् । बरु जीवनमा कहिल्यै नगरको अनुभव संगाल्नका लागि आउँछन् । यसका लागि नेपाल एक उपयुक्त गन्तव्य हो । हाम्रो बन्यजन्तु, संस्कृति, प्राचिन सम्पदा, पर्व एवं उत्सव यी कुराहरु आगन्तुकका लागि नितान्त नौलो हुनेछन् । विश्वमा कहीँ देख्न र भोग्न नपाईने यस्ता थुप्रै कुराहरु नै हाम्रो खास आकर्षण हुन् ।
एकिकृत विकासको खाका : पयर्टन यस्तो क्षेत्र हो, जो आफुमात्र विकास भएर पुग्दैन । अर्थात पर्यटन क्षेत्रलाई मात्र विकास गरेर यसबाट वृहत्तर लाभ लिन सकिदैन । पर्यटनसँगै जोडिएर आउने अरु थुप्रै कुरा छन्, जसको एकिकृत विकास अनिवार्य हुनुपर्छ । जस्तो बाटोघाटो । आहिलेको समस्या भनेको बाटोघाटो नै हो । गन्तव्यसम्म पुग्नका लागि पर्यटकलाई सहज बाटो छैन । घुमफिरका लागि सहज बाटो र यातायात छैन ।पर्यटन विकासका लागि अन्य क्षेत्रको पनि सहयोगी भूमिका रहन्छ । जस्तो बाटोघाटो, बस्तीहरु सफा हुँदा, इन्टरनेट तिब्र हुँदा, होटल व्यवस्थित हुँदा पर्यटन विकासमा ठोस टेवा पुग्छ ।
June 20, 2019 10:43 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

