चाहिने भन्दा बढी पानी पिउँदा पनि हाम्रो स्वास्थ्यमा हानी
गर्मी अत्यधिक छ । यो समयमा तपाईले टाउको दुख्यो भन्नुहोस् वा पेट दुख्यो भन्नुहोस् एउटा सल्लाह अवस्य पाउनु हुने छ, पानी पिउनुहोस् भन्ने । पानीलाई जीवनको श्रोत मानिन्छ । यो हाम्रो शरीरका लागि एकदम अत्यावश्यक पदार्थ हो ।हरेक जीवित व्यक्ति, जनावर, रुखबिरुवा, किरा फट्यांग्रालाई बाच्नको लागि पानीको आवश्यक हुन्छ । हाम्रो शरीरमा पानीको मात्रा पुगेन भने हामीलाई धेरै समस्याहरुले सताउने गर्छ ।
हामीले दैनिक पिउने पानीको मात्रा तौल, जीवनशैली र मौसम अनुसार फरक पर्न सक्छ । शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्नेहरुले भन्दा शारीरिक श्रम पर्ने व्यक्तिहरुले धेरै पानी पिउनु पर्छ । शारीरिक ब्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाहरूलाई धेरै पानीको आवश्यक पर्छ ।
तर, शरीरको मागभन्दा कम पानी पिउँदा असर भए जस्तै शरीरलाई चाहिने भन्दा बढी पानी पिउँदा पनि हाम्रो स्वास्थ्यमा हानी पुग्न सक्छ । धेरै पानी पिउदा धेरै पटक टोइलेट जानु त सामान्य हो । तर, थोरै समयमा धेरै पानी पिउने गरेमा हाम्रो रगतमा भएको नुनको स्तर निकै कम भएर जान्छ ।
यसरी छिन छिनमा धेरै पानी पिए वाक वाकी हुने, बान्ता हुने, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्यालाई निम्त्याउँछ । यसले मानिसहरुमा वाटर इन्टाक्सिकेसनको लक्षण देखियो, यो धेरै पानी पिएर हुने समस्या मध्ये एक हो । यसले गर्दा हाम्रो मिर्गौलामा असर पर्न सक्छ ।
रगतमा नुनको अवस्था असामान्य रूपमा कम भएका बिरामीमध्ये लगभग ३० प्रतिशतको अचानक मृत्यु हुने पाइएको छ । त्यसैले, केही समयको अन्तरालमा पानी पिउने गर्नु पर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि एकदम लाभदायिक हुन्छ ।चिकित्सकहरुका अनुसार मान्छेले दैनिक ७ देखि ८ ग्लास पानी पिउनु पर्याप्त हुने देखिएको छ ।
June 21, 2019 12:38 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला