Friday 22nd August 2025

रेशम चाैधरीलाई अस्पतालमा नेल लगाउने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन

6 years अगाडी

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई अस्पतालको शय्यामा पनि नेल लगाउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालकाे ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।

शुक्रबार अस्पतालकाे ओछ्यानमै साङ्लोले बाँधिएको चौधरीको तस्बिर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीको ध्यानाकर्षण भएको र शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर त्यो काममा संलग्न सबै कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनु भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

          June 22, 2019 12:35 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...