

ब्रोकाउली खाँदा मात्र नभएर दल्दा पनि निको हुन्छ क्यान्सर

झापा । ब्रोकाउली, काउली जस्तै हुन्छ । तर, यसको रंग हरियो हुन्छ । यसलाई तरकारीको रुपमा उपयोग गर्ने गरिन्छ । ब्रोकाउलीलाई मानब स्वास्थ्यका लागि औषधिको रुपमा पनि लिन सकिन्छ । विभिन्न अनुसन्धानका अनुसार ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका दिर्घकालिन रोगबाट बचाउने पाइएको छ ।
अध्ययनले भने ब्रोकाउली खाँदा मात्र नभएर आफ्नो शरीरमा दल्दा मात्र पनि क्यान्सरबाट जोगिन सक्ने तथ्य पत्ता लगाएको छ । श्हरीरको छालामा ब्रोकाउली
दल्ने गर्दा घामको हानिकारक किरणबाट डढेर हुने छालाको क्यान्सरको खतरा कम हुने गर्छ ।
सूर्यको हन्निकारक किरणका कारणले छालाको क्यान्सरको जोखिम बढिरहेको छ । ब्रोकाउलीमा सल्फोराफेन नामक तत्व पाइने भएकाले ब्रोकाउली खादा मात्र नभएर शरीरमा दल्दा समेत यसले क्यान्सरको जोखिम कम गर्ने देखिन्छ ।
सल्फोराफेनले हाम्रो शरीरमा शृजना हुने क्यान्सर कोषलाई कम गर्ने तथा रसायनिक रुपमा शरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवर्धन गर्ने काम गर्छ । ब्रोकाउलीले छाला डढ्ने जोखिम कम गर्नुका साथै छालामा सुरक्षात्मक इन्जाइमको उत्सर्जनलाई बढावा दिने गर्छ । क्यान्सर एक जटिल रोग हो ।
ब्रोकाउली खादैमा वा शरीरमा दल्दैमा क्यान्सर चट्टै निको हुने भने होइन । यसो हुने हो भने क्यानसरको अस्पतालहरुको कुनै जरुरि नै हुदैन थियो । ब्रोकाउलीले हाम्रो शरीरमा क्यान्सरको बिरुद्ध रोग संग लड्ने सक्ति प्रदान गर्छ ।
June 22, 2019 1:00 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

