प्रदर्शनकारी घाइते भएपछि जर्जियाका सभामुखले दिए राजीनामा
जनता र राज्यको सम्बन्ध कस्तो हुनुपर्छ ? नागरिकप्रति राज्य कत्तिको उदार हुनुपर्छ भन्ने कुराको झल्को जर्जियामा हालै भएको राजनीतिक अभ्यासले दिएको छ । जर्जियाका सभामुख इराक्ली कोबाखिज्देले प्रदर्शनका कारण जनताप्रति पर्न गएको असुविधालाई मध्यनजर गर्दै शुक्रबार राजीनामा दिएका छन् । यद्दपि जुलाई ८ बाट मात्रै उनको कार्यकाल सकिनेछ । रुसका सांसद सेर्जेई ग्याब्रिलोवले जर्जियाको संसदमा विवादास्पद सम्बोधन गरेपछि सभामुख दबाबमा आएका थिए । रुसी सांसदकाे सम्बाेधनकाे विराेध गर्दै भएकाे प्रदर्शनका कारण दुई सय ४० भन्दा बढी घाइते भएको र लगातार प्रदर्शन चर्कँदै जाँदा सभामुखले राजीनामा दिएका हुन् ।
यता विपक्षी नेताहरुले भने संसद भंग गर्न र मध्यावधि चुनाव गराउने संकल्प गर्दै प्रदर्शन जारी राखेका छन् । राजधानी त्बिलिसीमा पनि विरोध र्याली चर्किएको छ । प्रदर्शनकारीहरुले ‘रसियाले हस्तक्षेप गर्छ’ भन्ने लेखिएका प्लेकार्ड पनि बोकेर विरोध गरिरहेका छन् । स्वस्थ्य मन्त्रालयका अनुसार, प्रहरीले प्रदर्शनकारीहरुमाथि रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो । जसका कारण कम्तीमा एक सय ६० प्रदशर्नकारी र ८० जना प्रहरी अधिकारीहरु घाइते भएका छन् ।
कसरी सुरु भयो रुस-जर्जिया विवाद ? : जर्जिया सन् १९९१ मा सोभियत युनियनबाट स्वतन्त्र घोषित भैसकेपछि अबकाजिया र दक्षिण ओसेसिया क्षेत्रमा अलगवादी संघर्ष सुरु भयो । सन् २००८ अगष्टमा जर्जियाले दक्षिण ओसेसियामाथि कब्जा गर्न खोज्यो । रुसले सेना परिचालन गर्यो र जर्जियालाई राजधानी त्बिलिसीबाट अघि बढ्न दिएन ।
युद्धविरामपछि रुसले जर्जियाको निर्विवाद क्षेत्रमा सैनिक तैनाथ गरे पनि दक्षिण ओसेसिया र अबकाजियालाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिइएको छ ।त्यसबेलादेखि नै रुस र जर्जियाबीच राजनीतिक सम्बन्ध सुमधुर छैन । यी दुई देशले एकले अर्कालाई शंकाको नजरले हेर्दै आइरहेका छन् । जर्जियाको युरोपियन संघ र नाटोमा संलग्न हुने महत्वकांक्षा छ । तर बितेका केही वर्षमा द्विपक्षीय व्यापार र पर्यटनले भने केही उचाइ लिएको छ ।
June 22, 2019 2:27 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन