महिला डाक्टरले यस्तो हट अवतार पोस्ट गरेपछि, लाइसेन्स रद्द
एजेन्सी । मानिसलाई अनेकौ हर्कत गर्न मन लाग्छ । जसले पछुताउनुपर्ने अवस्थापनि ल्याईदिन्छ । म्यान्मारमा एक सुन्दर महिला डाक्टर आफ्नो फेसबूक अकाउन्टका कारण पछुतोमा छिन् । उनले आफ्नो हट तस्वीर फेसबुकमा पोस्ट गर्छिन । पेसाले डाक्टर उनले यही कारणले गर्दा लाइसेन्स गुमाउनुपरेको छ ।

मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला चिकित्सकले त्यसको विरोध गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप भनिन् । २९ वर्षीया महिला चिकित्सक नाङ मी साले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्परा विरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स रद्द गरिदिएको हो ।

गत जनवरी महिनामै काउन्सिलले चिकित्सकलाई चेतावनी दिएको थियो । त्यतिखेर नाङले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । आफूले उपचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर नाङले बताइन् । म्यान्मारमा कुशल स्वास्थ्यकर्मीको कमी छ र यस्तो बेलामा यी डाक्टरको लाइसेन्स रद्द भएको छ । एजेन्सी

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला