बन्दको प्रभाव आंशिक मात्र : केही केही स्थानमा यस्ता आतंक
काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा आंशिक मात्र परेको छ । प्रहरीको कार्बाहीमा सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आवहान गरेको हो ।
बन्दको बिहानैदेखि उपत्यकामा अरु दिनको तुलनामा सार्वजनिक गाडी कम चलेका छन् । तर प्रभाव कम देखिएको छ । सार्वजनिक गाडीहरु आशिंक रुपमा थोरै भए पनि चलेका छन् निजी सवारी साधन भने निर्वाध रुपमा चलेका छन् । तर लामो दुरीका सवारी साधन भने चलेका छैनन् ।
त्यस्तै केही संख्यामा मात्रै शिक्षण संस्था खुलेका छन्। देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ। ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ। उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्।
यसैबिच ललितपुरको जावलाखेलमा मंगलबार बिहान कालो झोलामा संकास्पद बस्तु भेटिएको छ । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार बिहानै बनेपा रातो पुल नजिकै आतंकित हुने कडा आवाज आएको स्थानीयले बताएका छन्। बिहानै तीन बजेतिर ड्याङ्गको ठूलो आवाज आएको स्थानीयको भनाइ छ । प्रहरीले भने कुनै पुष्टि गरेको छैन। त्यस्तै पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकरलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले निस्कृय पारेको छ ।
June 25, 2019 12:40 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन