बी प्लसमा पास भएकी करिश्मा धेरै फोन आएर दिक्क!
काठमाडौं । एसइई परीक्षा दिने निश्चित भएसँगै नेपाली अभिनेत्री करिश्मा मानन्धरले परीक्षामा कस्तो नतिजा ल्याउँछिन् भन्ने चासोको विषय थियो । बिहीबार त्यो चासो एसईईको परीक्षाफल सार्वजनिक भएसँगै सबैको जिज्ञासा मेटिएको छ ।
३ जीपीए ल्याएकी करिश्मा बी प्लस ग्रेडमा उत्तीर्ण भएकी छन् ।
अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन् ।
अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको थियो । काठमाडौंको डिल्ली बजारमा रहेको त्यस विद्यालयबाट उनले एसईई दिएकी हुन् ।
करिष्माले कक्षा ७ पढ्दापढ्दै पढाइ बीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थालेपछि उनले पढाइ बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् ।
बिहीबार एसईईको परीक्षाफल सार्वजनिक हुँदा मानन्धरलाई मोबाइलमा घन्टी बजेर दिक्क बनायो । उनले बिहीबार दिउँसो समाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आज पहिलो पटक महसुस गरेँ घरीघरी फोन बज्दा के हुन्छ ।’
June 28, 2019 11:07 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड