कार्यालयमा हुनेबाला ढाड दुखाइबाट बच्नका लागि अपनाउनुहोस् यस्तो उपाय
हामीले कार्यालयमा घण्टौँ काम गर्दा हामीलई प्रायः ढाड दुख्ने तथा कम्मर दुख्ने समस्याले दुःख दिन थाल्छ । यस्तो अवस्थामा शरीरको मांसपेशीहरु, हाडहरु, तंत्रिका, जोर्नीहरु या रिढको संरचनामा पीडा महसुस हुन थाल्छ ।यस्तो स्थितिमा हाम्रो घाँटी, ढाडको माथिल्लो र तल्लो भागमा पीडा सुरु हुन थाल्छ । यस्तो समस्याले दुःख दिन सुरु गरेपछि हामीले हाम्रो काममा ध्यान दिनु गाह्रो हुन थाल्छ । हामीहरुले विभिन्न प्रकारको काम गरिरहेका हुन्छौं । प्रकोहि कन्स्ट्रक्शन कम्पनिमा, कारखानामा भारी बोक्ने, होटेलमा खाना पकाउने वा दिनभरि कार्यालयमा कम्प्युटरको सामु कुर्सिमा बसिरहने गर्दा हाम्रो शरीरमा यस्तो प्रकारको समस्या देखा पर्ने गर्छ ।
धेरै काम गरेको कारण जिउमा अल्छि, थकान र नियमित आरामको कमिले गर्दा हामीलाई यस्तो समस्या निम्तिन सक्छ । कार्यालयमा एउतै कुर्सीमा ८ देखि ९ घण्टा सम्म लगातार काम गर्दा र हाम्रो भागदौडको जीवन, गलत तरिकाले एकै ठाउँमा बस्ने, खानपानमा लापरवाही तथा व्यायाम नगर्ने बानीका कारण हिजोआज यो समस्या जसलाई पनि भएको हुन्छ । ढाड दुख्ने समस्या सामान्य जस्तै हुदै आएको छ ।
एकै ठाउँमा बसेर लामो समयसम्म कम्प्युटरको प्रयोग, कम्प्युटरमा बस्दा सही तरिकाले नबस्ने, निहुरिने, भारी सामान उठाउने, राख्ने, तथा लामो समयसम्म उभिरहने गर्नाले पनि हाम्रो ढाड दुख्ने समस्या हुने गर्छ । हामीले कामको समयमा हम्म्रो ढाडलाई सजिलो तरिकाले मिलाएर बसेरमा हामीमा यो समस्या छिट्टै निको हुदै जान्छ । हामीले ढाड दुखाइलाई काम गर्नका लागि नियमित रुपले दैनिक केही एक्सरसाइजहरु गर्नु आवश्यक हुन्छ । हामीले नियमित रुपमा पैदल हिँडने, दगुरने, जाँगिङ गर्ने, सामान्य ब्यायाम, योग आदि गरेमा हाम्रो ढाड दुख्ने समस्यामा धेरै सहयोग मिल्न जान्छ ।
यदि हामीलाई लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्नु पर्छ भने हामीले काममा सानो ब्रेक लिदै अलिकति हिँडने गर्नु पर्छ । यदि हामीले हाम्रो काममा लामो समयसम्म उभि रहनु पर्ने छ भने आफनो ढाड तथा खुट्टालाई केही समयको लागि स्टुल वा भित्तामा अधेस लगाएर केहि समय बस्नु पर्छ । साथै नचाहिदा पनि झुक्ने, ढाडलाई मोडने र अचानक उठ्ने गर्नु हुदैन । यसले हड्डीलाई मात्र नभएर नसालाई समेत हानी पुर्युना सक्छ ।
हामीले कहिँ केहि सामान उठाउदा धेरै नै सावधानी अपनाउनु पर्ने हुन्छ । हामीले हाम्रो माँसपेशीहरुलाई जोर दिने गर्नु हुदैन । त्यसैले काम गर्दा बीचबीचमा सानो ब्रेक लिएर हिँडडुल गर्नुका साथै शरीरलाई रिल्याक्स राख्नका लागि केहि समय कर्सीबाट उठेर हाथ चलाउने र आँखालाई पनि आराम दिने गर्नु पर्छ । काम गर्ने समयमा अफिसमा रहेका आफ्नो सहकर्मी सँग बीच बीचमा कुरा गर्ने गर्दा वा संगीत सुन्दा मुड फ्रेस हुने गर्छ ।
June 28, 2019 12:47 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड