सम्बन्धविच्छेदको फैसला हुनै लाग्दा श्रीमानलाई ८ अर्ब ८७ करोडको चिठ्ठा परेपछि
एजेन्सी। अमेरिकाको मिशिगनका रिचर्ड डिक जेलास्कोको त्यतिबेला खुसीको सीमा रहेन जब उनलाई ८ अर्ब ८७ करोड (८० मिलियन डलर)को चिठ्ठा पर्यो । तर, अदालतले आदेश दिएको छ कि यो रकमको आधा उनले श्रीमतीलाई दिनुपर्छ । चिठ्ठा पर्दा उनको श्रमितीसँग सम्बन्धविच्छेदको केस अदालतमा चलिरहेको थियो तर फैसला हुन बााकी थियो ।
यो फैसलाविरुद्ध रिचर्डका वकिलले पुनरावलोकनको लागि निवेदन दिएका छन् । निवेदनमा तर्क गरिएको छ कि लट्री लाग्नु रिचर्डको भाग्य हो । यसमा पत्नीलाई आधा दिनु पूर्ण रुपमा गलत हो । वकिलका अनुसार यदि अदालतले फैसला नबदलेमा उनी सर्वोच्च अदालत जानेछन् ।
रिचर्डको बिहे २००४ मा मेरी बेथ जेलास्कोसँग भएको थियो । उनहिरुका तीन सन्तान छन् । २०१३ मा जब रिचर्डलाई चिठ्ठा पर्यो त्यतिबेला उनीहरुबीच सम्बनधविच्छेदको केस चलिरहेको थियो । अदालतको आदेशमा त्यतिबेला उनीहरु २ वर्षदेखि छुट्टाछुट्टै बसिरहेका थिए ।
June 28, 2019 1:39 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने