जनसम्पर्क समिति कुवेतको जागरण अभियान सम्पन्न, २५ जनालाई कांग्रेसको सदस्यता प्रदान
कुवेत, २९ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समितिको जागरण अभियान शुक्रबार कुबेतको जिलिबस्थित पपिन्स हलमा भब्यरूपमा सम्पन्न भएको छ।
“राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो।” भन्ने नारा बोकेर जनसम्पर्क कुवेत शाखाले उक्त जागरण अभियान सञ्चालन गरेको थियो।

कार्यक्रमको सभापतित्व समितिका सभापति कल्याण कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम समितिका महामन्त्री कृष्ण बहादुर तामाङले संचालन गरेका थिए। उक्त कार्यक्रममा कुवेतका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियोे।
कार्यक्रमको सुरुवातमा उपस्थित कुवेतबासीलाई स्वागत गर्दै समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण” ले स्वागत मन्तव्य दिएका थिए भने लगत्तै कांग्रेसको जागरण गीत पनि बजाईएको थियोे।

जनसम्पर्क समितिले आयोजना गरेको जागरण अभियानलाई सफल बनाउन विभिन्न विद्वान ब्यक्तित्वहरुले समेत मन्तव्य राख्नु भएको थियोे। मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थी, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेवी पौडेल, प्रवासी मञ्चका युवराज गैरे, समाजवादी पार्टीका उपाध्यक्ष जयनारायण माझी थारु, एनआरएनए कुवेतका महासचिव हरि लावती, डिसि नेपाल डटकमका कुवेत प्रतिनिधि माधब शाहीले मन्तव्य राख्नु भएको थियोे।

जागरण अभियानबारे समितिका सल्लाहकार मन्जित राई, सल्लाहकार राजेन्द्र विरही र समितिकै वरिष्ठ उपाध्यक्ष माधव शर्माले जागरण अभियान बारे प्रष्ट्याएका थिए।
समितिका सभापति, वरिष्ठ उपाध्यक्ष, सल्लाहकार र अन्य पदाधिकारीहरुले झण्डै २५ जना नव आगन्तुकहरुलाई नेपाली कांग्रेसको सदस्यतापत्र समेत प्रदान गरेका थिए। जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन अगस्ट १६ मा गर्ने भएको समेत जानकारी दिइएको थियोे।
अन्तमा जनसम्पर्क समिति कुबेतका सभापति कल्याणकुमार श्रेष्ठद्वारा सभा बिसर्जन गरेको घोषणा गरिएको थियोे।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन