अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसन लेख्छन् : कितना अच्छा है मोदी
विश्व राजनीतिमा विभिन्न माध्यमबाट कुटनीतिक सम्बन्ध स्थापित गरिन्छ । विश्वका विभिन्न देशका नेतृत्वबीच कटुता र मित्रतापूर्ण दुवैखाले सम्बन्ध हुन्छ ।कतिपय नेताहरुले विभिन्न अवसरमा एक–अर्कालाई उपहार दिएर कुटनीतिक सम्बन्ध बलियो बनाउन खोजिरहेका हुन्छन् । कतिले सामाजिक सञ्जालमार्फत जन्मदिन तथा विभिन्न अवसरमा शुभकामना पठाउँछन् । हालसालै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी ट्विटरमा सक्रिय भएपछि कतिपयले यसलाई ‘ट्विप्लोमेसी’ को संज्ञा पनि दिए ।
शुक्रबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खिचेको सेल्फी राखेका छन् । जापानको ओसाकामा भैरहेको जी–२० देशहरुको सम्मेलनका क्रममा मोदीसँगको भेटको तस्बिर राख्दै अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले मोदीलाई ‘असल’ बताएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा तस्बिर राख्दै लेखेका छन्, ‘कितना अच्छा है मोदी !’
शुक्रबारबाट सुरु भएको जी–२० शिखर सम्मेलनमा यस पटक पर्यावरणको मुद्दालाई प्राथमिकता दिइएको छ । सन् २०५० सम्म विश्वका सबै महासागरबाट प्लाष्टिकका फोहोर हटाउने कुरामा यस पटक नेताहरु सहमतिमा पुग्ने आशा गरिएको छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानका प्रधानमन्त्री शिन्जो आबे, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय तथा त्रिपक्षीय भेटवार्ता गरेका थिए ।
June 29, 2019 1:12 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन