विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा, को–को छानिए ,नामावलीसहित
काठमाडौ । सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको हो । कप्तान पारस खड्का, प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले टोली छनोट गरेका हुन् । घोषणा टोलीमा शरद भेषवाकरले कमब्याक गरेका छन् । युएईसँगको टुरमा गत माघमा शरद टोेलीमा थिएनन् ।
पछिल्लो एक वर्ष यता राष्ट्रिय टिमबाट नियमित खेल्दै आएका आरिफ शेख टोलीमा छैनन् । युएई टुरमा रहेका सन्दीप जोरा पनि यस टोलीमा अटेका छैनन् । आईसीसी टी ट्वान्टी एसिया छनोट आगमी जुलाई २०– २८ सम्म सिंगापुरमा हुने छ । प्रतियोगितामा नेपालसहित, सिंगापुर, कुवेत, मलेसिया र कतार रहेका छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोटको लागि प्रतिस्पर्धा हुने छ । एसियाकप छनोट अघि नेपालले मलेसियासँग जुलाई १३ र १४ मा दुई टी ट्वान्टी सिरिज खेल्ने कार्यक्रम छ । नेपाल जुलाई ९ मा मलेसिया जाने छ ।
नेपालको १४ सदस्य टोली
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
बसन्त रेग्मी
सोमपाल कामी
दिपेन्द्रसिंह ऐरी
प्रदीप ऐरी
सन्दीप लामिछाने
रोहित कुमार पौडेल
पवन सरार्फ
अभिनाष बोहोरा
विनोद भण्डारी
करण केसी
ललित नारायण राजवंशी
बैकल्पीक खेलाडी – कुशल भुर्तेल, जितेन्द्र मुखिया, आरिफ शेख, सुसन भारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी