फलफूल खाने समय कुन बेला उपयुक्त ?
एजेन्सी । फलफूललाई शरीरमा चाहिने सम्पूर्ण पौष्टिक तत्व दिने स्रोतको रुपमा लिइन्छ। तर फलफूल खानको लागि पनि उपयुक्त समय छनोट गर्न सकियो भने त्यो अझ प्रभावकारी हुन्छ। पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ।
शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ। बिहान खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन्।
भरिएको पेटमा फलफूल खाँदा पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या आउन सक्छन्। त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुपर्छ।सलाद्को रुपमा दहीसँग वा नूनसँग फलफूल खाँदा अरुको लागि राम्रो मानिएतापनि एसिडिटीको लागि राम्रो हुँदैन।
बच्चाहरू प्रायः फल खान किचकिच गर्छन्। त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ। उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन्।
June 30, 2019 4:26 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला