यी पिताले के राखे छोराको नाम ? संसारको सबैभन्दा शक्तिशाली नामको अवार्ड जित्यो
जाकार्ता। इण्डोनेशियामा एक दम्पतीले आफ्नो छोराको यति अद्भूत नाम राखिदिए कि त्यो नामले संसारको सबैभन्दा शक्तिशाली नामको अवार्ड जितेको छ । यी अभिभावकले छोरा ठूलो भएर नेता बन्ने अपेक्षा गरेका छन् । उनीहरुले छोराको नाम ‘गूगल’ राखिदिएका थिए । सुरुमा धेरैले खिल्ली उडाएपछि उनीहरु छोरालाई नाम भनेर बोलाउन संकोच मान्थे तर अहिले सकारात्मक प्रतिक्रिया पाएपछि उनीहरुलाई गर्व महसुस भइरहेको छ ।
बच्चाको जनम ८ महिना पहिले भएको थियो । पिता एन्डी सुपुत्रा चाहन्थे कि छोराको नाम एकदमै अलग होस् । उनले कैयौं नाम सोचे, कुरानको पनि सहयोग लिए तर उनलाई कुनै पनि नाम मन परेन । त्यसपछि उनले तय गरे कि छोराको नाम प्रविधिसँग सम्बन्धित हुनेछ । उनले पहिले विन्डोज, आइओएस, आइफोन र माइक्रोसफ्ट जस्ता नाम पछि सोचेका थिए । अन्ततः उनले गूगल नाम राख्ने निर्णय गरे ।
पिताका अनुसार आजको समयमा सबैभन्दा लोकप्रिय र सबैभन्दा धेरै प्रयोग हुने सर्च इन्जिन भएका कारण उनले गूगल नाम राखेका हुन् । रोचक त के भने बालकको नाम गूगल मात्र हो, उनको नामको पछाडि कुनै थर छैन । एन्डीले यो नामको पछाडि थर जोडेर यो नामलाई कमजोर बनाउन नचाहेको बताए । उनले भने ‘गुगलजस्तै मेरो छोराले पनि सबैको सहयोग गरोस् र सबैलाई काम लागोस् । मलाई गुगलको पिता भनियोस् ।’
June 30, 2019 4:53 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला