प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश गर्दै
6 years अगाडी
Susma Dhakal
कास्की – प्रदेश सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुहुने भएको छ । मनाङको क्षेत्र नम्बर ‘ख’ बाट स्वतन्त्र उमेद्वार बन्नुभएका दीपक मनाङेका नामले चिनिने गुरुङले नेकपाकै समर्थनमा चुनाव जित्नुभएको थियो । उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री र नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
स्वतन्त्र उमेद्वारी दिएर राजनीतिमा प्रवेश गर्नुभएका गुरुङ संगठनमा रहेर जनताको सेवा गर्ने सोचले नेकपामा प्रवेश गर्न लाग्नुभएको उहाँका निजी सचिव जगदिशनाथ योगीले जानकारी दिनुभयो । चुनाव जितिसकेपछि ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहनुभएका सांसद गुरुङ झण्डै नौ महिनापछि गएको माघ १४ गते शपथ ग्रहण गरी गण्डकी प्रदेशसभामा प्रवेश गर्नुभएको थियो ।
July 3, 2019 3:39 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...