मुकेश अम्बानी पथमा विनोद चौधरी, अबको केही वर्षमा नेपालको सञ्चार क्षेत्रमा ठुलो क्रान्ति
झापा । अहिले विश्वमा आफ्नो व्यापारिक छवी बनाउँन सफल चिनियाँ कम्पनी हुवावेले नेपालमा पनि आफ्नो बजार बढाएको छ । नेपालमा मोबाइल देखि लिएर अन्य धेरै प्राविधिक कुराहरु हुवावे बेच्दै आइरहेको छ । भारतमा पनि यसको मुख्य बजार रहेको छ ।यो बीचमा चौधरी ग्रुपले फोरजी सेवा संचालनका लागि हुवावेसँग सहमति गरेको खुल्न आएको छ । चौधरी ग्रुपले हुवावेसँग फोरजी सेवा संचालन गर्न एक सय मिलियन अमेरिकी डलर बराबर रकममा सम्झौता कुरा सार्वजनिक भएको हो । अमेरिका र हुवावेबीच लामो समय देखि चर्किरहेको द्वन्द्व जी–२० सम्मेलन पश्चात केही कम भएको आंकलन गर्न थालिएको छ । चौधरी ग्रुपले चिनियाँ कम्पनीसँग मिलेर नेपालमा ११ अर्ब लगानी गर्न लागेको विषयले विश्वको ध्यान खिचेको छ ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले यो सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै नेपालभर फोरजी सेवा सजिलै उपलव्ध हुने दावी गर्नुभएको छ । चौधरीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टेलिग्राफसँग कुराकानी गर्दै भारतको मोबाइल क्षेत्रमा रिलायन्स कम्पनीले पकड जमाएजस्तै नेपालको मोबाइल बजारमा फोरजी सेवामार्फत हलचल नै ल्याउने बताएका छन् । चौधरीले भने, ‘हामीले नेपालमा दुई सय ५० मिलियन डलर (२७ अर्व भन्दा बढी नेपाली)खर्च गर्ने लक्ष्य राखेका छौ । हामी फ्रि भ्वाइस सर्भिस पनि दिनेछौं र विशेष गरेर डाटा, अनलाइन पेमेन्ट र अन्य सुविधामा विशेष ध्यान केन्द्रित गर्नेछौं ।’
फोरजी सेवा सञ्चालनका लागि हुवावेले एक सय मिलियन अमेरिकी डलर बराबरका सामाग्री सप्लाई गर्ने बताइएको छ । यसलाई पछि फाइभजीमा समेत अपग्रेड गर्न सकिने अधिकारीहले जानकारी दिएका छन् । सीजीले पहिले नै नेपालमा ग्रामीण भेगमा लिमिटेड टेलिकम्युनिकेसन सञ्चालन गर्दै आएको छ । चौधरीले अबको चार वर्षभित्र नेपालको टेलिकम बजारमा एक तिहाइ हिस्सा लिने दाबी समेत गरेका छन् । नेपालको दूरसञ्चार क्षेत्रमा ५१ प्रतिशतको बजार सेयर लिएर हाल नेपाल टेलिकम अग्रस्थानमा छ । त्यसपछि एनसेल र स्मार्ट सेल रहेका छन् । चौधरीको यो सोचले अहिले सञ्चालनमा रहेका दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ठुलो धक्का पुग्ने देखिएको छ ।
July 4, 2019 11:41 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड