पढ्न भारत गएका सुरेन्द्रलाई बन्धक बनाएर केटि बनाईयो : प्रहरीसँग खुलायो सबै झस्किने सत्य
झापा। के हुन्छ । जब लक्का जवान छोरालाई प्रतिष्ठित क्षेत्रको अध्ययनका लागि विदेश पठाइन्छ । फर्किदा उनी पुरुष हैन महिला बनेर फर्किनछन् । बुबा सँगै भारत गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल घर फर्किदा केटि बनेर फर्किएका छन् । भारतमा अध्ययन गरि उज्वल भबिष्य बनाउने सपना बोकेर भारत पसेका सुरेन्द्र नेपाल फर्किदा प्रियंका बनेर फर्किएका हुन् । उनि केटि बनेर फर्किए पछी प्रहरीमा उजुरु समेत परेको छ । बुवा जयराजका अनुसार सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् ।
केटि बनेका सुरेन्द्र ले औषधि खुवाएर र सुइ लागाएर आफु केटि बनेको प्रहरी समक्ष बयान समेत दिएका छन् । उनलाई भारत कै केहि तेश्रो लिंगी समुहले बन्दि बनाएको थियो । एक स्थानीयका अनुसार केटि बनेका सुरेन्द्रको पुरै हाउ भाउ केटि कै जस्तो रहेको छ । लिङ्ग परिवर्तन गर्नका लागि सुरेन्द्रको यौनाङ्ग काटेर फालिएको तथा अन्य शरीरलाई औषधिबाट परिवर्तन गरिएको बुवा जयराजले बताए । प्रियंकाको आवाज भने परिवर्तन भएको छैन ।
केटाजस्तै आवाजमा बोल्छिन् प्रियंका। कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने सपना बोकेका सुरेन्द्रको लिङ्ग परिवर्तन किन गरियो भन्ने जिज्ञासामा बुवा जयराज भन्छन्, ‘केटालाई केटी बनाएर विभिन्न रेस्टुरेन्ट बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने धन्दा हुने रहेछ ।’ यही धन्दाको शिकार छोरापनि परेको उनको आरोप छ । अध्ययन गर्न गएको छोरा फसेको थाहा पाएपछि उद्धारका लागि बाबुले निक्कै पहल गरेका थिए ।
July 4, 2019 11:48 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने