घमौराको समस्याले दिक्क हुनु भएको छ ? यसो गर्नुहोस्
गर्मी मौसमका कारण जुनसुकै उमेर समूहका मानिसहरुमा देखिने प्रमुख समस्या भनेको घमौरा हो । गर्मीमा पसिना बढी आउने कारणले धुलो तथा प्रदुषणले पसिना निस्किने ग्रन्थीका नलीहरु बन्द हुदा छालामा देखिने मसिना बिमिरालाई घमौरा भनिन्छ । हाम्रो शरीरमा देखिने घमौरा धेरैजसो घाँटी, छाती, ढाँड, हात र काखीमा वा कापमा आउने गर्छन् ।यसले गर्दा हाम्रो पूरै शरीर नराम्रो सँग चिलाउन थाल्छ । गर्मी तथा धुलोले प्रदुषित वातावरण, बाक्लो लुगाको प्रयोग, र शरीरको तापक्रम धेरै हुदा हाम्रो शरीरमा घमौरा आउने गर्छन् । भर्खर जन्मिएका बच्चाहरुमा पनि यो समस्या देखा पर्न सक्छ । साना बच्चाहरुमा पसिनाको ग्रन्थी राम्रोसँग विकास नभएको कारणले गर्दा उनीहरुमा घमौराको समस्या बढी देखिने गरिन्छ ।
फोहोर धेरै चलाउने, हात खुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरण घमौराका मुख्य कारण हुन् । हामीले घमौरा आएको बेलामा धेरैजसो बजारमा पाइने पाउडरहरुको प्रयोग गरिरहेका हुन्छौं । यसले केहि बेर सम्मको लागि हामीलाई शितलता प्रदान गर्छ । तर, केमिकलहरुले बनेको भएर यसले छालामा भएको पसिनाको ग्रन्थीहरुलाई अझ बन्द गरिरहेको हुन्छ ।यस्ता बजारमा पाइने सामग्रीको प्रयोग नगरी आफ्नै घरमा भएका सामानको उपयोगले केहि दिन मै घमौराबाट हामीले छुटकारा पाउछौं । घमौरा भएको ठाउँमा बरफ दल्दा चिसो भएर राहत मिल्छ । नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने गर्दा घमौरा घट्दै जान्छ ।
वा नीमको बोक्रा मात्रै घमौरा आएको ठाउँमा दल्दा पनि हामीलाई राहत मिल्छ । बिहान तथा बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जानुका साथै शरीरमा भएको अन्य दागहरु समेत हराउदै जान्छन् । घमौरा भएकाले प्याज तथा लसुनले झानेको दालको प्रयोग गर्नु हुदैन । यसले शरीरलाई गर्मी बढाएर झन् बढी घमौरा निम्त्याउने गर्छ । मुलतानी माटोको लेप लगाउनाले पनि केही दिनमै घमौरा हराउने गर्छ । हामीले घमुरा आएको बेलामा शरीरलाई चिसो बनाउने खानेकुराको सेवन गर्नु पर्छ । घमौरा आएको बेलामा चनाको सातु, कागती पानी, काँचो प्याजको सेवनले हामीलाई घमौराबाट मुक्ति दिलाउन मद्दत गर्छ ।
July 4, 2019 1:14 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला