सुडान घोटाला काण्डका मुख्य दोषि पूर्व प्रहरी महानिरीक्षक ठकुरीले गरे आत्मसमर्पण
काठमाडौं । नेपालका चर्चित भ्रष्ट्राचार काण्डहरुमध्यको एक सुडान घोटाला काण्डमा दोषी ठहर भएर फरार रहेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले सर्वोच्च अदातलमा आत्मसमर्पण गरेका छन् । ठकुरी आफै अदालतमा उपस्थित भएको र थुनामा नराखीकनै मुद्दाको पुनरावलोकन गर्ने मागसहितको निवेदन दिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । दुई वर्षअघि नै तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले ठकुरीलाई सुडानको डार्फरमा खटिने नेपाली मिसनको लागि सामग्री खरिदमा घोटाला गरेको ठहर गरेको थियो ।
चन्दलाई सर्वोच्चले १ बर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको थियो । यस्तै पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक दीपक श्रेष्ठ लगायतलाई पनि सर्वोच्चले दोषी ठहर गरेको थियो । सुडान मिसनमा प्रहरी कल्याणकोषबाट खर्च गरिएको ४५ करोड ४२ लाखमध्ये करिब २९ करोड घोटाला भएको थियो । उक्त रकम पूर्व आइजिपी रमेश ठकुरीको कार्यकालमा भुक्तानी भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते २८ करोड ८१ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा ३४ जना विरुद्ध मुद्धा दायर गरेको थियो ।
July 5, 2019 11:42 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला