यसकारण सुत्ने समयमा घरको बत्ति निभाए पुग्छन् यस्ता अनगिन्ती फाइदाहरु
झापा । यदि तपाइँ अनिद्रा अर्थात इनसोमेनियाको लामो समयसम्म शिकार हुनुहुन्छ भने यसले तपाइँको उमेर कम गर्न सक्ने कुरा अध्ययनहरूमा देखिएको छ । धेरैजसो मानिसहरू यस्ता पनि हुन्छन जो आफ्नो निद्रा पुरा गर्दैनन र निद्रा लागेपनि काममा लागिनै रहने गर्दछन । मानिसहरूलाइ स्वस्थ रहनका लागी कम्तीमा ६ घण्टाको निद्रा आवश्यक हुने गर्दछ लामो समय सम्म निद्रालाइ रोकेर राख्नाले तपाइँ अनिद्राको शिकार हुन सक्नुहुन्छ ।
अध्ययनहरूमा के पाइयो भने लगातार निकै समय सम्मको अनिद्राले तपाइँको रगतमा मोटोपनको स्तरलाइ बढाउने गर्दछ । जसले मानिसहरूमा मुटु सम्बन्धी रोगहरूका साथै मधुमेह, क्यान्सर, डिमेन्शिया, मोटोपनका साथै तनाव जस्ता रोगहरूले समात्न सक्दछ । सुत्ने बेला तपाइले आफ्नो वरपरको वातावरणालाइ भने शान्त राख्नु पर्दछ । यदि नजिकको वातावरणमा तिव्र स्वर लगाएतका समस्याहरू छन भने ति कुराहरूलाइ बन्द गरेर आरामसंग सुत्ने कोशिश गर्नु पर्दछ ।
तपाइँ सुत्ने बिछ्यौना नरम र आरामदायी हुनु पर्दछ । जसले तपाइँ आरामसंग सुत्न सक्नुहुन्छ । किनभने यदि बिछ्यौना कडा भयो भने तपाइँ त्यहाँ आरामका साथमा सुत्न सक्नुहुन्न । जसका कारण तपाइँलाइ अनिद्राको समस्याले समात्न सक्दछ ।
सुत्ने बेला कोठाको बत्ति निभाउनु पर्दछ, किनभने यदि बत्ति बालेर सुत्नु हुन्छ भने आंखा पटक(पटक खुल्ने गर्दछ, जसले तपाइँ राम्रो संग सुत्न सक्नुहुन्न । यसैले अध्यारो कोठामा सुत्ने गर्नाले तपाइँले आरामको निद्रा पाउनु हुन्छ । मानिसहरूले निद्रालाइ धेरैनै महत्व दिनुपर्ने कुरा अनुसन्धानकर्ताहरूले बताएका छन ।
July 5, 2019 3:38 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग