

विवादित आईफा अर्वाडबारे यस्तो छ प्रधानमन्त्री ओलीको धारणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई बद्नाम गर्न खोजिएको आरोप लगाउनु भएको छ । सरकारको अपरिपक्वताका कारण विवादित बनाईएको भनिएको आईफा अवार्डबारे प्रधानमन्त्रीले बोल्नु भएको हो । भारतको फिल्म उद्योगमा निकै प्रतिष्ठित मानिएको यो अवार्ड आयोजना गर्न विभिन्न शक्ति राष्टहरु नै हानाथाप गर्ने गर्छन् । तर, नेपालमा भारतले सद्भाव देखाएर अवार्ड आयोजना गर्न खोज्दा पनि नेपालमा भने चर्को विरोध भइरहेको छ ।
जसकार कारण सुरुवातमै यो अवार्ड आयोजनालाई लिएर पक्ष तथा विपक्षमा आवाजहरु उठ्न थालेका छन् । भारतीय फिल्मको प्रचारको लागि नेपाल सरकारले एक अर्ब लगानी गर्न खोज्यो र जनताको करलाई दुरुपयोग गर्न लाग्यो भनेर आवाज उठाएपछि संघीय संसदको समितिले पनि तत्काल उक्त अवार्ड नगर्न निर्देशन दिएको छ ।
त्यसको भोलिपल्टै नेपाल पर्यटन बोर्डका सिईओ दिपकराज जोशीले यो वर्ष नेपालमा आईफा अवार्ड हुने भनेर छापामार शैलीमा संकेत प्रदान गर्नुभएको छ । विवाद धेरै भएपछि प्रधानमन्त्री ओलीले उक्त अवार्ड नेपालमा गराएरै छोड्ने अठोट लिनु भएको छ ।
यसका पक्षमा ओलीमात्रै नभएर, नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णयबाट सरकार पछि नहटेको स्पष्ट पानुएभएको छ । विराटनगरएका एक कार्यक्रममा भाग लिन पुगेका बेला मन्त्री ढकालले आइफा अवार्ड गर्ने निर्णयबाट सरकार पछि हटेको भन्ने कुरा सत्य नभएको स्पष्ट पारे ।
लगानीभन्दा पृथक ढंगले कार्यक्रम आयोजना गर्ने ‘मोडालिटी’ सरकारको रहेको भन्दै ठूलो पार्टीभित्रबाट केही असन्तुष्टि आउनु स्वाभाविक भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै विनाकारण सरकारलाई विवादमा तान्न खोजिएको आरोप लगाउनु भएको हो । उहाँले आइफामा सरकारले आर्थिक सहयोग गर्न लागेको लगायत कुराहरु राखेर भ्रम सृजना गर्न खोजिएको बताउनु भएको हो ।
July 6, 2019 11:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

