

स्वास्थ्यका लागि दैनिक दिनको २० देखि ३० मिनेट संगीत सुन्नु फाइदाजनक

हामी धेरै जसो निन्द्रा नलागेको बेला, अल्छि लागेको बेलामा, काम गर्ने बेलामा, आफ्नो तनाव कम गर्न, मनोरंजनका लागि संगीत सुन्ने गर्छौं । यसले हाम्रो मुडलाई राम्रो बनाउनुका साथै हाम्रो मांसपेशीलाई पनि आराम दिने काम गर्छ । संग्गेतले हाम्रो सोच्ने र स्मरण शक्ति बढाएर हामीलाई स्वास्थ्य राख्न समेत मद्दत गर्छ । दैनिक दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा हाम्रो तनाव र प्रेसर घट्ने गर्छ ।
यति मात्र नभएर यदि हामी कुनै रोगबाट पीडित छौं भने उक्त समस्या पनि विस्तारै कम भएर जाने गर्छ । २० देखि ३० मिनेट संगीत सुनेर समय बिताउनाले हाम्रो एक्लोपन हराउनुका साथै उमेरको अनुसार हाम्रो मस्तिस्क र स्मरण शक्तिलाई पनि तेज बनाउन मद्दत गर्छ । संगीतले दिमागको व्यायाम गराएर तनाव उत्पन्न गराउने हर्मोनलाई उत्पन्न हुन दिदैन ।
दुखाई शारीरिक होस् या मानसिक संगीतले यस्तो समस्याबाट हामीलाई राहत दिने गर्छ । यसले हाम्रो शरीरको कोषहरुलाई स्वस्थ राख्ने काम गर्छ । नियमित रुपमा बिहान र साँझ केहि समय संगीत सुन्ने बानी बसाउने हो भने हाम्रो उच्च रक्तचापको समस्यामा सुधार्ने ल्याउने काम गर्छ । यसले स्ट्रोकको समस्या, मुटु सम्बन्धी रोगको समस्यामा सुधार गरि मुटुलाई बलियो बनाउन सहयोग गर्छ ।
संगीतले मस्तिस्कमा क्षति भएको भागलाई सुधार गरेर इम्यून सिस्टमलाई बलियो बनाउछ । संगीतले कार्टिसोल नामक हर्मोनको मात्रालाई कम गरेर हाम्रो मांसपेशियलाई आराम दिने काम गर्छ । यसले मस्तिष्कलाई रिल्याक्स मोडमा लगेर पहिलेको तुलनामा अधिक आशावादी र सकारात्मक महसूस गराउछ । नियमित संगीत सुन्दा मानिसको रोग प्रतिरोधात्मक क्षमता माथि सकारात्मक असर पर्छ र संगीतले मानिसमा बाच्ने भावनाको विकास गराउछ ।
क्लासिकल म्यूजिक बढि फाइदाजनक हुन्छ । नियमित संगीत सुन्ने बानीले मस्तिष्कको क्रियाकलाप राम्रो बनाएर हाम्रो क्रिएटिभिटी बढाउछ । अध्ययन गर्ने समय होस् वा काम गरेको समयमा हाम्रो काममा ध्यान नलागेको अवस्थामा संगीत सुन्ने गर्दा ध्यान लाग्नुका साथै लामो समय सम्म याद रहन्छ । संगीतले सिकाईको गतिलाई पनि तिव्र बनाउने काम गर्छ । यदि काम गर्दा वा पढ्दा संगीत सुन्दा ध्यान भडकिन्छ भनेर सोच्ने धारणा हटाउनु उचित हुन्छ । संगीतले दिमागी रोगबाट पीडित मानिसलाई सामान्य बनाउनमा समेत मद्दत गर्छ । आफ्नो मन पर्ने संगीत सुन्नाले ध्यानमा एकाग्रता कायम राखेर हामीलाई विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा दिन मद्दत पुर्याउछ ।
July 6, 2019 11:43 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

