Friday 2nd January 2026

निधन भएको २० मिनेटपछि डाक्टरले जीवित बनाए युवालाई

6 years अगाडी

काठमाडौं। मृत्यु भइसकेपछि फेरि जीवित हुनु असंभव नै हो। तपाइँले कहिल्यै मृत्यु भइसकेका मानिस फेरि जीवित भएको घटना सुन्नु भएको छ? तर आज हामी तपाइँलाई यस्तै असंभव लाग्ने तर संभव भएको घटनाका विषयमा जानकारी दिँदैछौं। यो घटनाले सबैलाई चकित पारेको छ।

यो घटना मिशिगनको हो, जहाँ २० वर्षका एक युवकको निधन भएको थियो। संचारमाध्यमहरुका अनुसार मिशिगनका एक २० वर्षका युवकको निधन भयो। उनको निधन भएको २० मिनेट भएको थियो। मृत्यु भएको २० मिनेटपछि डाक्टरहरुले ती युवालाई जीवित बनाएका छन्।

युवाको नाम माइकल प्रुइट हो, जसको निधन करेन्ट लागेर भएको थियो। करिव २० मिनेटसम्म उनको सास रोकिएको थियो। उनी आफ्नो परिवारसँगै बस्थे। घरमा आफ्ना सौतेनी बुवासँग काम गर्दै गर्दा उनलाई करेन्ट लागेको थियो। सिढी चढेर काम गर्दैगर्दै उनले बिजुलीको तार छोएका थिए जसका कारण करेन्ट लागेर उनको निधन भयो।

          July 6, 2019 12:41 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...