उखुको जुस पिउनुअघि ध्यान दिनुपर्ने ७ कुरा
गर्मीका बेला हामी प्रायजसो उखुको रस पिउँछौं। यसले आँतलाई शितल बनाउँछ। यसका कयौं फाइदा छन्। गर्भवती महिलाका लागि यो उत्कृष्ट पेय हो। यति मात्रै नभई यो डिहाइड्रेसनबाट बचाउन रामबाणसिद्ध हुन्छ। एनिमिया, क्यान्सरलगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ। तर यसको अर्थ उखुको रस हरसमय फाइदाजनक हुन्छ भन्ने होइन। उखुको रस कहाँ पाइन्छ भन्ने कुराबाट पनि लाभ र हानी तय हुन्छ।
१. फोहोर पसल : तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ। तर फलफुल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ। पसलमा झिंगा भन्किइरहेको हुन सक्छ। त्यस्तो स्थानमा सकेसम्म जुस पिउनुहुन्न।
२. खराब उखु : सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ। सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानी गर्न सक्छ। यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ। किरा लागेको उखुको जुस परेको छ भने बान्ताजस्ता समस्या निम्तन पनि सक्छन्।
३. फ्रिज गरेको जुस : उखुको रस ताजा पिउने हो भनेमात्र फाइदा हुन्छ। यदि फ्रिजमा राखेको जुस छ भने हानी हुन्छ। बासी जुसमा झिंगा पनि बसेको हुन सक्छ। किरा लागेको हुनसक्छ। यसले पसलबाट उखुको जुस खानुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस्।
४. अन्य रसको मिश्रण : उखुको रसमा अन्य जुस मिलाइएको छ छैन भनेर याद गर्नुपर्छ। उखुको रसमा कुनै फल या तरकारी मिसाइएको हुनुहुन्न। कयौं पसलमा जुसका साथ पानी पनि मिसाइएको हुन्छ। यद्यपि पानी मिसाउनु त्यति हानिकारक होइन। तर स्वादमा भिन्नता आउछ।
५. अधिकतम २ गिलासको जुस : उखुको रस स्वादिलो हुन्छ। पिउने हो भने जति पनि पिउन सकिन्छ। झट्ट हेर्दा यसबाट कुनै नोक्सानी हुदैंन। तर धेरै पिउनु गलत हो। विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस मिसाउनुहुन्न। यदि जण्डिस छ भने मात्रा बढाउन सकिन्छ। धेरै उखुको रसले नोक्सानी पुर्याउन सक्छ।
६. संक्रमण हुने खतरा : सडकमा राखिएको मेसिनमा पेलेको रस पिउँदा संक्रमण हुने खतरा हुन्छ। किनभने त्यो फोहोर हुन्छ र धुलोमाटोयुक्त हुन्छ। यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ।
७. मेसिनको तेल : उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ। यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ। मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको रसमात्र पिउने गर्नुपर्छ।
July 7, 2019 11:59 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला