आर्थिक अभावले उपचार क्रमलाई बीचमा छोड़ना बाध्य भएका मृगौला पीड़ित सोम ब. सुनारलाई संतान लाभ (भिडिओ हेर्नुहोस)
“प्रवासी नेपाली होप फाउन्डेसन” र डिसी नेपाल मिडियाको संयुक्त पहल उठाइएको सोमबहादुर सुनारको पिडालाइ मनन गर्दै भारत, गल्फ लगाएतका देशहरु बाट सहयोगीहरुले सहयोग गर्दै आइरहेका छन् । यसै प्रयास अंतर्गत पीड़ित अहिले देशको प्रख्यात कार्यक्रम इन्द्रेण सम्म आफ्नो आवाज पुराउन सफल भएका छन । पिडितलाई “कतै सुख, त कतै दुःख”को अनुभुती भएकोछ । मृगौला पीड़ित सोम बहादुर सुनारलाई यतिखेर संतान लाभ भएकोछ ।
पिडित सोम बहादुर सुनुवार अहिले काठमांडूमा बसोबास गर्दै आइरहेका छन् । यदि तपाईहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने भिडियोको लिंकमा दियको विवरणमा सम्पर्क गर्न सक्नु हुने छ ।
के थियो त आखिर सोमबहादुर सुनारको कहानी ?
भारतको राजधानी नयाँ दिल्लीमा मृगौलाको उपचार गराइरहेका सोम बहादुर सुनुवार आर्थिक अभावका कारण उपचार बिचैमा छोडी घर फर्किन बाध्य भए । २० वर्षकै कलिलो उमेरमा रोजीरोटीका लागि भारत पसेका ज्वालामुखी गाउँपालिका धादिङका सोमबहादुर सुनार ९ महिना अघि बिरामी परेका थिए । दिल्लीको एक होटलमा सामान्य काम गर्दै आएका सोमबहादुर बिरामी भएपछि बिदा लिएर अस्पताल गए । अस्पतालमा डाक्टरले दुवै मृगौला काम नलाग्ने बताएपछि उनी सोही अस्पतालमा उपचार गराइ रहेका थिए ।
आर्थिक अव स्था निकै कमजोर भएकाले उनी सहयोगमा उठेको रकम मार्फ़त उपचार गराउँदै आएका थिए । उनका दुवै मृगौला खराब भएपछि परिवारमा बज्रपात परेको छ । सानो काम गर्दै परिवार पाल्दै आएका उनी नै बिरामी परेपछि घरपरिवारको अवस्था के होला भन्ने पिर उनमा छ । घरमा कमाउने एक मात्र सदस्य थला पर्दा के होला ? त्यसमाथि उनलाई ३ जुलाइ २०१९ का दिन दोश्रो सन्तानको रूपमा पुत्र लाभ भएकोछ । सोमबहादुरको हेरचाहका लागि उनै गर्भवती श्रीमती जसोतसो अलीकति पैसा जुटाउदै दिल्ली आएकी थिइन् । हामीले कुरा गर्न जाँदा सोमबहादुरको अवस्था निकै कमजोर थियो । त्यसैले हामीले उनलाई दुःख नदिने सोचले उनको स्वास्थ्य अवस्थाबारे उनकी श्रीमतीसँग कुराकानी गर्यौ ।
हामीले उनकी श्रीमतीसँग कुरा गर्दैगर्दा सोमबहादुरका आँखाबाट आँसु रसाइरहेका थिए । सोमबहादुरले जसोतसो हामीसँग कुरा गर्न खोजे तर उनले सानो स्वरमा भने “अब मेरो घरमा कसले हेरचाह गर्छ श्रीमती गर्भवती भएका बेला मैले उनको ख्याल गर्नु पर्नेमा उनी मेरो उपचार गर्न यहाँ आइपुगेकी छन् ।”
गर्वबती श्रीमततिलाइ भर्खरै ३ जुलाईका दिन पुत्रलाभ भएको जानकारी आएको छ । श्रीमती यस्तो अवस्थामा साथै आफु मृगौला पीड़ित कस्ले कस्को हेरचार गर्ने ? खर्च कहा देखि जुटाउने धेरै प्रश्नहरु पीड़ितका मनमा आईरहेकाछन ।
अहिले डायलसिस फ्री भएता पनि डाक्टरका अनुसार उनको मृगौला प्रत्यारोपण गर्न लाखौ खर्च लाग्छ । घरमा बिहान बेलुकीको छाक टार्नसमेत निकै गाह्रो अवस्थामा मृगौला प्रत्यारोपण प्रक्रिया असम्भव नै भएको छ ।
श्रीमती सीताले श्रीमानका लागि आफन्त र छरछिमेकीद्वारा केही रकम सहयोग स्वरुप जम्मा पारेकी थिइन् । तर त्यो रकम औषधि खान र डायलासिस गर्नसमेत नपुगेपछि ज्यानको माया मारेर घर फर्किन बाध्य भय ।
उनको लागि पहिलो चरणको सहयोग अभियानमा सङ्कलन रकम-
तीन महिना पहिला पीडितको नाजुक अवस्थाको जानकारी पाएपछि विदेशमा बस्ने नेपालीहरूले केही सहयोग गरेका थिए । साउदीमा कार्यरत समाजसेवी श्याम बराइलीद्वारा १६ हजार, दिल्लीबाट रमेश बोहोराको सहयोग अभियानमा सङ्कलित ३१ हजार ४ सय ७२ र गोविन्द थापाद्वारा सहयोग अभियानमा सङ्कलित ८ हजार ८० नेपाली रुपैयाँ गरि जम्मा ५५ हजार ५ सय २५ नेपाली रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
दोस्रो चरणको सहायता रकम-
श्याम बराइलीद्वारा सञ्चालित अभियान सेवा नै धर्म भन्ने मुल नारालाई आत्मसाथ गर्दै साउदी अरबमा नेपाली युवा शिवा सुनार, ओमबहादुर, ज्ञान अधिकारी, शन्त लामा, होटल काठमाडौं दमाम, पवन थापा, बोमबहादुर ठकुरी, सुरेन्द्र कर्माचार्य, सुरेश थापा, राम श्रेष्ठले सहयोग अभियानलाई हातेमालो गर्दै ७३ हजार १ सय ९२ नेपाली रुपैयाँ सङ्कलन गरेका थिए ।
त्यस्तै ’हाम्रो सोच हाम्रो भविष्य’ द्वारा आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा पिडितलाई सहयोग गर्ने उद्देश्यले सोम बहादुर सुनारलाई निमन्त्रणा गरेका थिए । साथै अर्जुन बिष्टको पहलमा मृगौला पिडितलाई कार्यक्रममा पिडितको समस्या सम्बन्धि सम्पुर्ण विवरण दर्शकहरुलाई अवगत गराउँदै केहि रकम सङ्कलन गर्न सफल भएका थिए ।
पहिलो चरणको रकम र कुवेतबाट श्याम विश्वकर्माद्वारा सहयोग गरिएको १६ हजार नेपाली रुपैयाँ पीडितलाई हस्तान्तरण गरिसकेको छ भने दोस्रो चरणको ९० हजार इन्द्रेणी कार्यक्रममा संचालक कृष्ण कडेल मार्फ़त हस्तान्तरण गरिएको छ । साथै कार्यक्रममा सहयोगी दाताहरु मार्फ़त र इन्द्रेणीको तर्फ देखि पच्चीस हजार थप सहयोग दिएका छन ।
जिन्दगि जिउने आशा र भरोसालाई थाति राख्दै पिडित अहिले नेपाल फर्किएका छन् । मृगौला प्रत्यारोपणका लागि रकमको व्यवस्था र डोनरको खोजि गर्न अहिले असम्भव नै देखिएको छ । उनले अझै पनि देश विदेशमा रहेका आम नेपालीहरुसंग सहयोगको अपेक्षा गरेका छन् ।
सहयोगको लागि संपर्क सोम बहादुर सुनार (पीडि़त) ९८०८८३६६४९ यतिखेर काठमांडूमा बसोबास गर्दै आइरहेका छन् यदि तपाईहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने भिडियोको लिंकमा दियको विवरणमा सम्पर्क गर्न सक्नु हुने छ ।
July 7, 2019 6:20 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन