काफल खानुको फाइदै फाइदा ! पहाडी जंगलमा सित्तैमा पाइने काफलका हेर्नुस औषधीय गुणहरू !
यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।पहाड तिरका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खानमा तल्लिन रहन्छन् । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
थाहा पाऔ काफलका औषधीय गुणहरू :
कर्णशूलमा : काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ ।
अतिसारमा : तीन ग्राम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ ।
मासिक धर्ममा : कैसर, कालो तिल र पुरानो गुड(शक्कर) र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।
नेत्र रोगमा : काफलको बोक्रा मसिनु पिधेर आँखा रातो भएमा र आँखा बिझाएमा अन्जनजस्तै लगाइदिए लाभ हुन्छ ।
घाऊ-चोटमा : बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।
नपुंसकतामा : काफलको बोक्राको धुलो भैशीका दूधमा पिँधेर सुत्ने बेलामा मणीको भाग छाडेर लिंगमा लगाई सुत्ने र बिहान ऊठेर धुने । यस प्रक्रिया केही दिनमै यौवन फर्केर आऐ झै हुन्छ । हस्तमैथुन गरेर आएको नपुंसकतामा पनि यसले लाभ गर्छ ।
टाउको दुखाईमा : काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ ।
दममा : काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।
पेट दुखेमा : काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।
दन्त पिडामा : काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । तीन दिनमा विसेक भएन भने नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गर्ने गरे लाभ हुन्छ ।
July 9, 2019 12:54 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला