Monday 9th February 2026

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले ३ जनवरी २०२० मा अतिथी कलाकारको साथमा वार्षिक उत्सब मनाउने

7 years अगाडी

कुवेत – अन्तर्राष्ट्रिय  नेपाली कलाकार  समाज कुवेतले ३ जनवरी २०२० मा अतिथी कलाकारको साथमा वार्षिक उत्सब मनाउने भएको छ । गत सुक्रवार कुवेतको मुर्गाब स्थित गुल्सन होटेलमा समाजका संरक्षक  सल्लाहकार  कार्यसमिति कलाकार  सदस्यहरु बिच बसेको उक्त वैठकले आगामी ३ जनवरी २०२० मा अतिथी कलाकारको साथमा वार्षिक उत्सब मनाउने निर्णय गरीयको सँस्थाका अध्यक्ष डोलराज  न्यौपानेले जानकारी गराए ।

सँस्थाका अध्यक्ष डोलराज  न्यौपानेको अध्यक्षतामा सम्पन्न भयको बैठकमा कार्यसमितिको बृहत् छलफल गरी उक्त निर्णय पारित गर्दै जनवरी ३ तारिक शुक्रवार २०२० का दिन सांगीतिक धमाका आयोजना गर्ने कार्य तय गरेको हो । अतिथि कलाकारको बारेमा निर्यण भैनसकेको र छिट्टै जानकारी दिने जनाएको छ ।

कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिनु हुन समाजका अध्यक्ष डोलराज न्यौपानेले अनुरोध गरेका छन् ।

          July 9, 2019 5:26 pm | Uncategorized,प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...